२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?

    • बिराज यादव बिराज यादव
    • today५ श्रावण २०८२

    श्रावण महिनाको सोमबारी व्रत हिन्दू धर्मालम्बीहरूका लागि अत्यन्त पवित्र र आस्थाको विषय हो। यो व्रत धनी–गरिब सबैले उत्तिकै श्रद्धाका साथ गर्छन्। तर, आस्थाको पर्वलाई व्यापारको सुनौलो अवसर बनाउने केही व्यापारी प्रवृत्तिका कारण यो व्रत अब आर्थिक बोझ बन्दै गएको छ। फलफूलको मूल्य यति उच्च बनाइन्छ कि आर्थिक रूपमा कमजोर वर्गले फलहार गर्न समेत सक्दैनन्। समान आस्था, असमान मूल्य – यही नै अहिलेको वास्तविकता हो।

    Ad
    Ad
    Ad

    केरा, स्याउ, कागती, नरिवलदेखि लिएर दूध, घ्यु, आर्युवेदिक पदार्थसम्म, श्रावण सोमबार सुरु हुनासाथ बजार मूल्य दिनहुँ आकासिन्छ। पर्व सकिनासाथ ती समानको मूल्य ह्वात्तै झर्छ। यति ठूलो मूल्य उतार–चढाव किन? के यो धार्मिक संवेदनशीलतालाई उपयोग गरी गरिने संगठित मुनाफाखोरी होइन? यसका पछाडि मुख्य कारण हो – बजारमा व्यापारी र बिचौलियाको मनपरी मूल्य निर्धारण, कृत्रिम अभाव सिर्जना, र राज्य नियामक निकायहरूको लाचारी। बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति कार्यालय र उपभोक्ता संरक्षण निकायहरूसँग भए पनि तिनीहरू पर्वको समयमा मौन बस्ने परिपाटी दोहोरिन्छ। सधैंजस्तै प्रश्न उब्जिन्छ – अनुगमन किन हुँदैन? अनुगमन गर्ने निकाय मौन किन छन्?

    Ad
    Ad
    Ad

    यस्ता पर्वमा त राज्य अझ बढी सतर्क हुनुपर्ने हो, किनकि यिनै मौकामा व्यापारीहरूले धर्म र भावनालाई बिक्रीमा राख्छन्। तर, देखिन्छ – सरकार र सम्बन्धित निकायका आँखा अझै बन्द छन्। धार्मिक पर्वमा मूल्यवृद्धिको यस्तो प्रवृत्तिले "धर्म गर्ने हैसियत" नै पैसाले निर्धारण गर्ने जस्तो अवस्था सिर्जना भएको छ। यस्तो विकृति तत्काल रोकिएन भने आस्था पनि लुटको बजार बन्ने निश्चित छ।

    Ad
    Ad
    Ad
    Ad

    अब समय आएको छ – सरकारले मौनता तोडोस्। आस्थामाथि गरिएको मुनाफाखोरीको यस्ता खेल बन्द गराउनका लागि दिगो, पारदर्शी र नियमित बजार अनुगमन अनिवार्य बनाइनु पर्छ। जनताको आस्था बेच्ने होइन, जोगाउने नीति आवश्यक छ – श्रद्धालाई बोझ बनाउने मूल्यवृद्धि बन्द गर! पर्वमा मात्र होइन, सधैंको लागि निष्पक्ष बजार व्यवस्था गर!

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.