१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति गठन, मोटरसाइकल र्‍याली सहित विशेष कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ मंसिर २०८२

    वीरगंज, १३ मंसिर वीरगञ्जस्थित गहवामाई मन्दिरको प्राङ्गणमा शनिबार एक विशेष समारोहका बीच हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति औपचारिक रूपमा गठन गरिएको छ। संगठनका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सनातनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौँ युवाको सहभागितामा निकालिएको मोटरसाइकल र्‍यालीले माहोल झनै उत्साहपूर्ण बनेको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रमअघि लालबंगला, आदर्शनगर, कुमहलटोल र बिरता चोक हुँदै मोटरसाइकल र्‍याली निकालिएको थियो। “जाता–पाता भुलौँ, हिन्दू–हिन्दू भाइ भाइ”, “हिन्दू राष्ट्र कायम गर” जस्ता नारासहित सहभागी युवाहरूले ऐक्यबद्धता प्रदर्शन गरेका थिए। कार्यक्रममार्फत हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समितिका निम्न पदाधिकारीहरू चयन गरिएको घोषणा गरिएको छ।

    Ad
    Ad
    Ad

    अध्यक्ष : विकास साह ,वरिष्ठ उपाध्यक्ष : सन्तोष सर्राफ,उपाध्यक्ष : राकेश श्रेष्ठ,महासचिव : प्रज्वल डंगोल,सचिव : उदय नारायण गिरी,कोषाध्यक्ष : दिप नारायण यादव,सल्लाहकार : राजु साह, राजेश्वर साह, नरेश सर्राफ,सदस्य : दीपक महतो, प्रिश साह, आशिष मण्डल, ओम वर्नवाल, रञ्जित यादव, चेन्ना भैया लगाएतकाहरु थिए। उक्त कार्यक्रमका प्रमुख अतिथि हिन्दू सम्राट सेना नेपालका रुद्र नारायण सिंह रहनुभएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    त्यसैगरी केन्द्र तथा प्रदेशस्तरका दर्जनौँ पदाधिकारीहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो, जसमा केन्द्रीय संयोजक (न्यायिक विभाग) चन्दन सनातनीकेन्द्रीय महासचिव राकेश सनातनीकेन्द्रीय उपाध्यक्ष कृष्ण सनातनी,लक्ष्मीनिया नगर संयोजक वर्देश सनातनी,महोत्तरी जिल्ला अध्यक्ष विजय सनातनी,केन्द्रीय सदस्य रजनीश सनातनी,मलंगवा नगर संयोजक रामानन्द सनातनी,सर्लाही जिल्ला सदस्य रुपेश सनातनी,सहितका नेताहरू सहभागी रहेका थिए। कार्यक्रममा राष्ट्रिय बजरंग दलका विवेक सिन्हा, समाजसेवी रमिता माया गुप्ता, धार्मिक अभियन्ता अवधेश मिश्र, अमर सर्राफ, ज्योतिष सम्राट पुरुषोत्तम दूबे, रत्नेश तिवारी तथा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले वीरगञ्जमा हिन्दू सम्राट सेनाको गतिविधि औपचारिक रूपमा सक्रिय हुँदै गएको सन्देश दिएको आयोजकहरूले बताए।

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.