२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा तोरी बालीको उत्पादनमा वृद्धि, ठोरी गाउँपालिकामा किसानलाई व्यस्तता

    • बिशाल यादब बिशाल यादब
    • today२६ माघ २०८१

    वीरगञ्ज । पर्साको तोरी उत्पादनको हब मानिने ठोरी गाउँपालिकाका किसान अहिले तोरी उखेल्न व्यस्त छन्। मंसिर महिनामा छरिएको तोरी पाकिसकेकाले किसानलाई तोरी बाली भित्र्याउन भ्याइ–नभ्याइ भएको छ।ठोरी गाउँपालिकामा तोरी खेती मुख्य नगदेबालीको रूपमा रहेको छ। स्थानीयहरूका अनुसार ‘तोरी’ शब्दकै अपभ्रंस भएर ‘ठोरी’ गाउँपालिकाको नाम रहन गएको विश्वास गरिन्छ।तर यस वर्ष किसानहरूले सुर्ती बालीमा बेमौसमी वर्षाको कारण क्षति व्यहोरेपछि बाध्य भएर तोरी खेतीलाई प्राथमिकता दिएका थिए। किसानहरूको अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादनमा २५ प्रतिशतले वृद्धि भएको छ।

    Ad
    Ad
    Ad

     


    बेमौसमी वर्षाले तोरी उत्पादनमा फाइदा पुगेको ठोरी गाउँपालिका वडा नं।–५ गडुवालाईनका किसान देवी प्रसाद दहालले बताए। "माटोमा चिसो बसिरहेकाले यस पटक तोरी राम्रो फलेको छ," दहालले भने।उनले कृषिमा आधुनिक उपकरणको प्रयोगले किसानहरूले ४–५ दिनमै थ्रेसरबाट दाइ गरी तोरी भित्र्याउन थालिएको पनि जानकारी दिए।ठोरी गाउँपालिकाको तथ्यांक अनुसार यस वर्ष करिब १ हजार ८ सय बिघा जमिनमा तोरी खेती गरिएको छ। किसान अर्जुन श्रेष्ठका अनुसार प्रति बिघा १५ मुरी अर्थात् साढे ९ क्विन्टल तोरी उत्पादन भएको छ। यस वर्ष ठोरीमा १७५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको छ।

    Ad
    Ad
    Ad

     

    ठोरी गाउँपालिकाका अधिकांश नागरिक विदेश र अन्य शहरमा रोजगारमा रहेका कारण किसानहरूले तोरी भित्र्याउन ज्यामीको अभाव झेल्नु परेको छ। सीमावर्ती भारतीय गाउँहरू सिस्वा, रामपुर, धुमाटाड, जसौली, थुकहा र जिगना लगायतबाट दैनिक एक हजार ज्यामी कामका लागि आउने गरेका छन्।गत वर्ष तोरीको मूल्य प्रति पाथी तीन सय पचास रूपैयाँ थियो। त्यसको अघिल्लो वर्ष चार सय पचास रूपैयाँ प्रति पाथी रहेको मूल्य यस वर्ष भने बढ्न नसकेको किसानहरूले गुनासो गरेका छन्।तोरी बाली राम्रो उत्पादन भए पनि मूल्य स्थिर रहँदा किसानहरू बजारमा उचित मूल्यको माग गरिरहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.