१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध

    • बिशाल यादब बिशाल यादब
    • today२३ भदौ २०८२

    काठमाडौं। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले नेपालमा प्रदर्शनकारीहरूको हत्या र घाइते भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल र पारदर्शी छानबिनको माग गरेको छ। कार्यालयकी प्रवक्ता रविना शमदासानीले एक विज्ञप्तिमार्फत भ्रष्टाचारविरुद्ध र सरकारले हालै सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा युवा समूहहरूले गरेको प्रदर्शनमा सुरक्षाकर्मीहरूले अनावश्यक र अत्यधिक बल प्रयोग गरेको भन्ने गम्भीर आरोपहरू प्राप्त भएको बताएकी छन्।

    Ad
    Ad
    Ad

     

    विज्ञप्तिमा शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई आह्वान गरिएको छ। साथै, सुरक्षाकर्मीहरूलाई बल र हतियारको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तहरूको पालना गर्नुपर्नेमा जोड दिइएको छ।

    Ad
    Ad
    Ad

     

    नेपालको जीवन्त लोकतन्त्र र सक्रिय नागरिक स्वन्तन्त्रताको प्रशंसा गर्दै प्रवक्ता शमदासानीले युवाहरूको चासोलाई सम्बोधन गर्न संवाद नै उत्तम माध्यम भएको उल्लेख गरेकी छन्। उनले सामाजिक सञ्जाल नियमन गर्ने सरकारी निर्णयको पुनर्विचार गरी तिनलाई नेपालको मानव अधिकार दायित्वहरूसँग मेल खाने बनाउन आग्रह गरेकी छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    यो घटनाले नेपालको लोकतान्त्रिक मूल्य र मानव अधिकारप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय समुदायले नेपाल सरकारको आगामी कदमलाई नजिकबाट नियालिरहेको छ। 

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.