१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारतको सहायता पाउने दोस्रो देश नेपाल‚ पहिलोमा भूटान

    • अशोक यादब अशोक यादब
    • today२० माघ २०८१

    नयाँदिल्ली : भारत सरकारले आर्थिक वर्ष सन् २०२५-२६ का लागि ५४ अर्ब ८३ करोड छुट्याएको छ। गत आर्थिक वर्षमा दिएको सहयता रकम ५८ अर्ब ६ करोड रुपैयाँभन्दा यो कम हो।

    Ad
    Ad
    Ad

    भूटानलाई सर्वाधिक सहयोग

    Ad
    Ad
    Ad

    भारतबाट सबैभन्दा बढी सहायता पाउने देश भूटान बनेको छ। भारतले यो आवमा २१ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ। गत आवमा भारतले २५ अर्ब ४३ करोड रुपैयाँ दिएको थियो। भूटानमा भौतिक पूर्वाधार‚ जलविद्युत परियोजना र आर्थिक सहयोगका लागि उक्त रकम दिने गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    भारतले नेपाललाई ७ अर्ब रुपैयाँ सहायता गर्ने भएको छ। उक्त रकम गत वर्षकै बराबर हो।

    भारतले मालदिभ्सलाई ६ अर्ब रुपैयाँ दिने भएको छ। यसअघि गत आवमा उक्त रकम ४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो। मालिभ्समा राष्ट्रपति मोहम्मद मुइज्जू सत्तामा आउनासाथ बिग्रिएको सम्बन्ध रक्षामन्त्री घसन माउमूनले भारत भ्रमण गरेसँगै सहयोग राशि वृद्धि भएको हो।

    यसैगरी भारतले म्यान्मालाई ३ अर्ब ५० करोड रुपैयाँ दिने भएको छ। गत आवमा दिएको ४ अर्बभन्दा कम रकम छुट्याइएको छ।

    यसैगरी भारतले श्रीलंकालाई ३ अर्ब रुपैयाँ दिने भएको छ।

    भारतले बंगलादेशलाई १ अर्ब २० करोड रुपैयाँ दिने भएको छ। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनालाई शरण दिएपछि भारत र बंगलादेशबीच तनावपूर्ण अवस्था छ।

    भारतले अफगानिस्तानलाई दिँदै आएको ५० करोड बढाएर १ अर्ब रकम पुर्‍याएको छ। भारतले तालिबान सरकारलाई मान्यता नदिए मानवीय सहायता र आर्थिक सहयोग भने गर्दै आएको छ।

    अफ्रिकी देशहरूलाई २ अर्ब २५ करोड रुपैयाँ दिने भएको छ। लातिन अमेरिकाका लागि ६० करोड रुपैयाँ दिने भएको छ। चाबहार बन्दरगाहका लागि इरानलाई १ अर्ब रुपैयाँ दिने भएको छ।

    राहत र सांस्कृतिक कूटनीति बढाउँदै भारत

    भारतले विपत्ति राहत रकमका लागि ६४ करोड रुपैयाँ छुट्याएको छ। संसारभर जहाँसुकै भएका विपत्तिकामा भारतले उक्त सहयोग दिँदै आएको छ।

    भारतले सांस्कृतिक कूटनीतिका लागि ३ अर्ब ५१ करोड रुपैयाँ छुट्याएको छ। भारतीय सांस्कृतिक सम्बन्ध परिषद्‌मार्फत उक्त सहयोग गर्दै आएको छ भने अन्ताराष्ट्रिय प्रशिक्षण कार्यक्रमका लागि १२ अर्ब ४७ करोड रुपैयाँ छुट्याएको छ।

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.