३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामाजिक सञ्जाल विधेयक: आवश्यक कानुन कि दमनको प्रयास?

    • बिशाल यादब बिशाल यादब
    • today१७ माघ २०८१

     

    वीरगञ्ज । सरकारको स्वीकृतिमा सञ्चार मन्त्रालयले संसद्मा दर्ता गरेको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ मा सामाजिक सञ्जाल नियमनको आशय कम, प्रयोगकर्तालाई नियन्त्रणको दुराशय बढ्ता देखिन्छ । कानुन निर्माणका सामान्य प्रक्रियाहरूसमेत सारभूत रूपमा पूरा नगरी ल्याइएको तथा केही दफाहरूमा हुनै पर्ने स्पष्टता समेत नहुँदा यो विधेयक आउनुका पछाडि दुराशयपूर्ण नियतले धेरै काम गरेको छ भन्ने बुझ्न गाह्रो छैन ।

    Ad
    Ad
    Ad

    सरकार र सार्वजनिक पद धारण गरेकाहरूका विरुद्ध अहिले सामाजिक सञ्जालहरूमा जारी घोचपेच र आक्रोशको प्रतिक्रियामा यो विधेयक आएको हो । आवश्यकताको सिद्धान्तअनुसार निकै अघि नै बनाइनुपर्ने थियो यो कानुन । तर त्यस बेला हाम्रा नेता ज्यूहरूका लागि आवश्यक नभइदिँदा राष्ट्रिय प्राथमिकतामा पर्न सकेन । अहिले आफूलाई जोगिनुपर्ने आवश्यकता परेपछि भने हतार परेको छ ।

    Ad
    Ad
    Ad

    हो, सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन टड्कारो आवश्यकता हो । तर त्यसका लागि विज्ञहरूको राय-सुझाव लिने, सञ्चार जगतको विचार बुझ्ने, बहस छलफल चलाउने माटो सुहाउँदो सान्दर्भिकता र उपयुक्तता पर्गेल्ने जस्ता आधारभूत विधि शास्त्रीय मान्यताहरूलाई यहाँ बेवास्ता गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     


    नियमन गर्ने र कारबाही गर्ने एकाइ दुवै एउटै हुनु, भ्रामक, मिथ्या, अश्लील जस्ता शब्दहरूको परिभाषा र मानक नहुनु, सामाजिक सञ्जाल प्लेटफर्महरूको अनुमति पत्र सरकारी एकाइको तजबिजीमा खारेज गर्न सकिने प्रावधान रहनु जस्ता विषयमा गम्भीर छलफल र बहस आवश्यक छ । राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरिनुपर्ने कानुन सीमित व्यक्तिहरूको स्वार्थसिद्धीको गोटीको रूपमा कदापि आउनु हुँदैन । 

    यो विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता संविधानले नै सुनिश्चित गरेका मौलिक हकहरूको प्रत्याभूतिमा पनि खलल पुर्‍याउन सक्ने सम्भावना देखिएकाले सरोकारवालाहरू सबैले यो विधेयकका शब्द-शब्द र भावमा केन्द्रित भई चासो अनि निगरानी बढाउनै पर्छ । अन्यथा सामाजिक सञ्जाल दुरुपयोग रोक्ने र नियमन गर्ने नाममा कानुनी रूपमै लेख्ने-बोल्ने जस्ता संवैधानिक अधिकार प्राप्त गर्नैबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ ।

     

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.