१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बेनामे उजुरी रोक्ने प्रावधानको प्रयास : भ्रष्टाचार छानबिन संकटमा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ मंसिर २०८१

    नेपालको भ्रष्टाचार नियन्त्रण निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उजुरीकै कारण संकटमा पर्ने सम्भावना देखिएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको उपसमितिमा छलफल भइरहेका ऐन संशोधन विधेयकले अख्तियारमा बेनामे उजुरी दिने प्रावधानलाई हटाउने प्रयास गरिरहेको खुलासा भएको छ। स्रोतका अनुसार, उच्च राजनीतिक नेतृत्वको दबाबमा बेनामे उजुरी रोक्ने व्यवस्था गर्न खोजिएको छ। उपसमितिका संयोजक तथा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले यस विषयमा बहस भइरहेको स्वीकार गर्दै भने, ‘यो सानोतिनो दबाब होइन, ठूलै ठाउँबाट आएको हो।’ सांसद रमा कोइराला र पूर्णबहादुर तामाङ (कान्छाराम) ले दर्ता गरेको संशोधन प्रस्तावमा उजुरीका साथ नागरिकताको फोटोकपी अनिवार्य गर्नुपर्ने प्रावधान राखिएको छ।

    Ad
    Ad
    Ad

    कानुनविद्हरूको चेतावनी कानुनविद्हरू भने यो प्रावधानले भ्रष्टाचार नियन्त्रण प्रक्रियामा ठुलो बाधा पुर्‍याउने चेतावनी दिएका छन्। वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल भन्छन्, ‘संसारभर बेनामे उजुरी भ्रष्टाचार छानबिनको आधार मानिन्छ। नाम खुलाउँदा उजुरीकर्ताको ज्यानै जोखिममा पर्न सक्छ।’ उनका अनुसार, बेनामे उजुरी रोक्ने प्रावधानले भ्रष्टाचारका गम्भीर घटना बाहिर आउनै नसक्ने बनाउँछ। ‘ललिता निवास र वाइडबडी प्रकरणजस्ता ठूला मुद्दा बेनामे उजुरीकै आधारमा आएको हो,’ खरेलले भने। राजनीतिक दबाबको कारण? यस विषयमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे भन्छन्, ‘बेनामे उजुरी रोकिए चेन अफ कमाण्डका भ्रष्टाचार झन् गोप्य बन्छन्। प्रहरी, प्रशासनजस्ता निकायमा कुनै व्यक्ति उजुरी दिन डराउँछ। सुशासनको अवस्था थप कमजोर बन्छ।’ उनका अनुसार, अहिले अख्तियारमा आउने उजुरीमध्ये ९५ प्रतिशत बेनामे हुन्छन्। यस्ता उजुरीको छानबिन गर्दा अख्तियारले ठूला भ्रष्टाचारका घटनाहरू सार्वजनिक गर्ने गरेको छ।

    Ad
    Ad
    Ad

    अख्तियारको विरोध अख्तियारले बेनामे उजुरी रोक्ने प्रयासप्रति असन्तोष जनाउँदै भनेको छ, ‘यदी यो प्रावधान लागू भयो भने भ्रष्टाचार नियन्त्रणमा हामी पूर्णतः असफल हुनेछौं।’ २०७६ सालमा पेस भएको संशोधन विधेयकले राष्ट्रिय सभाको स्वीकृतिपछि कानुनी रूप लिनेछ।

    विशेषज्ञहरूको चेतावनी कानुनविद् र नीति विश्लेषकहरूका अनुसार, उजुरीकर्ताको सुरक्षा सुनिश्चित गर्ने कुनै वैकल्पिक प्रणालीबिनै यस्तो प्रावधान लागू गर्नु खतरनाक हुनेछ। ‘नाम खुलाउनै पर्ने नियमले भ्रष्टाचारका घटना सार्वजनिक हुने सम्भावना न्यून बनाउँछ,’ कानुनविद् कृष्णप्रसाद सापकोटाले भने।

    Ad
    Ad
    Ad
    Ad

    जनताको प्रश्न नेपालजस्तो देशमा, जहाँ भ्रष्टाचार राजनीतिक संरचनामा जरा गाडेर बसेको छ, यस्तो कदमले सुशासन र पारदर्शितामा गम्भीर धक्का पुर्‍याउने निश्चित देखिन्छ। यो प्रावधानले कसको सुरक्षा सुनिश्चित गर्छ— जनता कि भ्रष्टाचारी? — सम्पादकीय टिम

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.