२४ भदौ २०८२, मंगलबार / 09 September 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने आयोगको तयारी

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today९ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया

    Ad
    Ad

    १० माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी थालेको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ ।

    Ad
    Ad

    राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो ।

    Ad

    नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै राष्ट्रपति, उपराष्ट्रपतिको चुनावका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो । उहाँले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै आवश्यक प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह समेत गर्नुभएको थियो । मिति घोषणा गर्न आयोगले आज महान्यायाधिवक्ता, गृहसचिव र कानुन सचिवसँग परामर्श समेत गर्दैछ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले मिति तोकेपछि चुनावी गतिविधि र प्रकृया अगाडि बढ्नेछ । अहिलेसम्म आयोगले राष्ट्रपति चुनावको मिति तोकेको छैन । आयोगले मिति तोक्न ढिलाइ गरेकोमा असन्तुष्ट नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई समयभित्रै राष्ट्रपतिको चुनाव सम्पन्न गर्न दबाब दिएको छ । यसअघि सभामुख र उपसभामुखमा उम्मेदवार उठाएको विपक्षी दल कांग्रेसले राष्ट्रपति पदमा पनि उम्मेदवारी दिने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा हिजो बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिमा पनि उम्मेदवार उठाउनेबारे निर्णय गरेको हो ।

    सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ ।

    राष्ट्रपतिको चुनावमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । त्यसअनुसार राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् । जनसङ्ख्याको आधारमा मतभार पनि तोकिएको छ ।

    ०७८ सालमा भएको जनगणनाको अन्तिम तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभएकाले ०६८ को जनगणनाअनुसारको मतभारअनुसार गणना हुनेछ । बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ । राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुनेछ ।

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.