२६ असार २०८२, बिहिबार / 10 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नयाँ वर्ष २०८१ को सुरुवातसँगै स्वस्थ रहन यी २० संकल्प गरौं

    • अमन गुप्ता अमन गुप्ता
    • today१९ असार २०८१
    अग्निपथ मिडिया
    आजबाट हामी नयाँ वर्ष २०८१ सालमा प्रवेश गरेका छौं। नयाँ वर्षको सुरुवातसँगै नयाँ संकल्पहरु लिनुपर्दछ। स्वास्थ्य मानिसको लागि सबैभन्दा ठूलो धन हो। स्वस्थ रहन हामीले धेरै ठूलो मेहनत पनि गर्नु पर्दैन। स-साना पाइलाबाटै स्वस्थ रहने संकल्प गर्न सकिन्छ। नयाँ वर्षको सुरुवातसँगै स्वस्थ रहन विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ अनि पूरा पनिः
    १. बिहान छिटो उठ्ने बिहान छिटो उठ्नु स्वास्थ्यका निम्ति फाइदाजनक छ। तर, धेरैजसोलाई बिहान उठ्न गाह्रो हुन्छ।विज्ञहरूका अनुसार सूर्योदयभन्दा अघि उठ्नु लाभदायक मानिन्छ।त्यसैले बिहान छिटो उठ्ने संकल्प गर्नु आवश्यक छ।
     

    २. दैनिक व्यायाम गर्ने
    दैनिक कम्तीमा ३० मिनेटसम्म व्यायाम गर्न चिकित्सकहरू सुझाउँछन्। दैनिक गरिने व्यायामले शरीरलाई स्वस्थ राख्नुका साथै अनावश्यक तौल बढ्न दिँदैन।आफूलाई पायक पर्ने कुनै पनि किसिमको क्रियाकलाप गरी शरीरलाई सक्रिय राख्नुपर्दछ।

    Ad
    Ad
     

    ३. स्वस्थकर खानपान गर्ने
    स्वस्थ शरीरका लागि स्वस्थकर खानपान अति नै जरुरी छ।तयारी र प्रशोधित खानपानले विभिन्न रोगहरू निम्त्याउँछ।त्यसैले सधैँ स्वस्थकर खापान गर्ने संकल्प हाम्रो लागि आवश्यक छ।

    Ad
    Ad
     

    ४. समयमै सुत्ने
    बिहान छिटो उठ्नु जति जरुरी छ, राति समयमै सुत्नु पनि उत्तिकै महत्वपूर्ण छ।कम्तीमा पनि ७÷८ घण्टाको निन्द्रा पूरा गर्नुपर्दछ।ढिला सुत्ने बानीले शरीरमा विभिन्न रोगहरू निम्त्याउनसक्छ।त्यसैले राति समयमै सुतेमात्र बिहान पनि छिटो उठ्न सकिन्छ।

    Ad

    ५. मोबाइललगायत डिजिटल उपकरणहरू कम चलाउने
    मोबाइल लगायत विभिन्न डिजिटल उपकरणहरू अहिले हाम्रो लागि अत्यावश्यक बनिसकेको छ। यसको आफ्नै महत्व र फाइदाहरू छन्। यद्यपि, यी उपकरणहरूलाई आवश्यक मात्रामा मात्र चलाउन पनि उत्तिकै जरुरी छ।

    ६. शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गर्ने
    मानसिक स्वास्थ्य हाम्रो लागि महत्वपूर्ण विषय हो। शरीरमात्र स्वस्थ भएर हुँदैन। मानसिकरूपमा पनि स्वस्थ हुनुपर्दछ।धेरै तनाव लिने, अनावश्यक कुरा सोच्नेलगायत कुराले मानिसहरूलाई मानसिक स्वास्थ्य समस्या सिर्जना गर्दछ। त्यसैले शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गर्ने संकल्प गर्नुपर्छ।

    ७. जे गर्छु निरन्तरता दिन्छु भन्ने अठोट गर्ने
    हामी दैनिक विभिन्न योजना बनाउँछौ। कतिपय योजना पूरा हुन्छन् त कति अधुरै रहन्छ।सुरू गरेका कामलाई पनि हामी निरन्तरता दिन सकिरहेका हुँदैनौ। त्यसैले यस वर्ष जे गर्छु निरन्तरता दिन्छु भन्ने अठोटका साथ संकल्प गर्नुपर्दछ।

    ८. धूम्रपान तथा मद्यपान त्याग्ने
    धूम्रपान तथा मद्यपान स्वास्थ्यका निम्ति हानिकारक चिज हुन्। तर पनि अधिकांश यसको अम्मली छन्। छोड्न चाहन्छन्, तर सकिरहेका हुँदैनन्।तर, प्रयास भने गर्न आवश्यक छ।धुमपान तथा मद्यपानले साना रोगदेखि प्राणघातक क्यान्सरसम्म गराउँछ।यो नयाँ वर्षमा चुरोट, रक्सी, सूर्तिजन्य पदार्थ आजैदेखि त्याग्छु भन्ने संकल्प गरौँ।

    ९. घुमफिर गर्ने
    घुमफिर र रमाइलो गर्न जो कोहीलाई मन लाग्छ।घुमफिरले मानिसलाई ताजा बनाउँछ।खुसी बनाउँछ।तर, भागदौडको जीवनमा घुमफिरका लागि चाहेर पनि समय निकाल्न सक्दैनन्। त्यसैले समय समयमा घुमफिर गर्ने संकल्प गर्न आवश्यक छ।

    १०. प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी खाने
    फलफूल तथा सागसब्जी स्वास्थ्यका निम्ति अति नै आवश्यक छ। शरीरलाई चाहिने फाइबरदेखि विभिन्न भिटामिनजन्य तत्वहरू हामीले फलफूल तथा सागसब्जीबाट प्राप्त गर्न सक्छौँ।खानामा बाहिरी कुराभन्दा पनि फलफूल तथा सागसब्जीको मात्रा बढाउनुपर्छ।

    ११ . अनिवार्य रूपमा मास्क लगाउने, साबुन पानीले हात धुने
    कोभिड–१९ को महामारीपछि मास्क लगाउने, साबुन पानीले हात धुने व्यवहार अनिवार्यजस्तै बनेको छ। यो व्यवहारले कोरोनाबाट मात्र नभई विभिन्न सरुवा रोगहरूबाटसमेत बचाउँछ।त्यसैले अनिवार्यरूपमा मास्क लगाउने र साबुन पानीले हात धुने बानीलाई सधैँ निरन्तरता दिनुपर्छ।

    १२. असुरक्षित यौनसम्पर्क नगर्ने
    असुरक्षित यौनसम्पर्क विभिन्न रोगको कारक हुन्। एचआईभी एड्सलगायत विभिन्न रोगहरू असुरक्षित यौनसम्पर्कका कारण सर्ने गर्दछ।त्यसैले यौनसम्पर्कलाई सुरक्षित बनाउने संकल्प गर्नुपर्दछ।

    १३. तनाव व्यवस्थापनका लागि योग तथा मेडिटेसन गर्ने
    तनाव व्यवस्थापनका लागि अहिले मेडिटेसन अर्थात् ध्यान उपयुक्त हुने विज्ञहरू बताउँछन्।योग तथा मेडिटेसनले शरीरलाई स्वस्थमात्र बनाउँदैन, तनाव व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ।आफ्नो लागि थोरै समय निकालेर भएपनि तनाव व्यवस्थापनका लागि योग तथा मेडिटेसन गर्नुपर्दछ।

    १४. नियमितरूपमा आवश्यक स्वास्थ्य परीक्षण गर्ने
    कुनै रोग लागेपछि मात्र अस्पताल धाउने अधिकांशको बानी छ।तर, नियमितरूपमा आवश्यक स्वास्थ्य परीक्षण गरे भविष्यमा लाग्ने रोगबाट बच्न सकिन्छ।त्यसैले समय–समयमा स्वास्थ्य परीक्षण गर्ने संकल्प गर्नुपर्छ।

    १५. तौल नियन्त्रण गर्ने
    स्वस्थकर जीवनशैली र खानपानका कारण शरीरको तौल बढ्ने समस्या अहिले धेरैको छ। विभिन्न रोगको कारकको रूपमा मोटोपनलाई लिन सकिन्छ।त्यसैले नियमित व्यायाम गर्छु, स्वस्थकर खानपान गर्छु र शरीरको तौल नियन्त्रण गर्छु भन्ने संकल्प आजैदेखि गरौँ।

    १६. छालाको स्याहार गर्ने
    छालाको स्याहार अर्को महत्वपूर्ण विषय हो।हामी बाहिरी सुन्दरतालाई मात्र ध्यान दिने गर्छौं। तर, छालाको हेरविचारमा त्यति ध्यान दिँदैनौ।आफूखुसी विभिन्न कस्मेटिक उत्पादनहरू प्रयोग गर्छौं। प्रशस्त मात्रामा पानी पिउँदैनौ। जसका कारण छालामा विभिन्न समयस्या देखिन्छ।त्यसैले छालाको स्याहारमा ध्यान दिनुपर्छ।

    १७. रक्तदान गर्ने
    रक्तदान जीवनदान हो। तर, हामी रक्तदान गर्न अझै पनि हिचकिचाहट गर्दछौं। आफ्नो स्वास्थ्य अवस्थाअनुसार रक्तदान गर्ने संकल्प गर्नु पनि आवश्यक छ।

    १८. बोसोयुक्त, चिल्लो खानेकुरा तथा प्रशोधित खानेकुरा नखाने
    यी खोनकुराले जिब्रोलाई अवश्य नै लोभाउँछ। तर,स्वास्थ्यका निम्ति भने निकै हानिकारक हो।बोसोयुक्त, चिल्लो अनि प्रशोधित खानेकुराले शरीरमा रोग बढाउनेमात्र काम गर्दछ।त्यसैले यस्ता खानेकुरा सकेसम्म त्याग्ने नसके कम गर्ने संकल्प गर्नुपर्छ।

    १९. प्रशस्त मात्रामा पानी पिउने
    पानी शरीरका लागि नभई नहुने कुरा हो। दिनमा कम्तीमा पनि आठ गिलास पानी पिउन चिकित्सक सुझाउँछन्।प्रशस्त मात्रामा पानी पिएमात्र शरीरलाई स्वस्थ राख्न सकिन्छ। पानीको अभावमा मिर्गौला, मुटुदेखि पूरा शरीरमै असर पुग्छ।

    २०. गुलियो खानेकुरा कम खाने
    गुलियो खानेकुरा धेरैको रोजाइमा पर्छ।स्वादमा गुलियो मिठो लागे पनि स्वास्थ्यका निम्ति ठीक छैन।गुलियो खानेकुराले मधुमेह रोग लाग्नुका साथै शरीरमा अनावश्यक तौल बढाउँछ।त्यसैले बाहिरी प्रशोधित गुलियोभन्दा पनि प्राकृतिकरूपमा उपलब्ध गुलियो खानेकुरा खानुपर्छ।

    ताजा सूचना

    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.