२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ असार २०८२

    काठमाडौँ, असार २४, २०८२ | नेपाल र श्रीलंका बीच कृषि क्षेत्रमा युगान्तकारी सहकार्य हुने गरी ऐतिहासिक समझदारीपत्रमा आज हस्ताक्षर गरिएको छ। राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र श्रीलंकाको बहुराष्ट्रिय कृषि कम्पनी सिआईसि एग्री बिजनेसबीचको सम्झौताले दुई देशको कृषि इतिहासमा नयाँ युगको शुरुवात हुने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad

    सम्झौतापत्रमा नेपाली पक्षबाट कार्यकारी अध्यक्ष विशाल हुमागाईँ र सिआईसिका उप-प्रबन्ध निर्देशक अञ्जन लीलारत्नले डिजिटल माध्यमबाट औपचारिक हस्ताक्षर गरे। यो सम्झौताअनुसार दुवै पक्षले नेपालको कृषि क्षेत्रमा गुणस्तरीय बीउ, मल र प्रविधिको सुनिश्चित आपूर्ति, प्रविधि हस्तान्तरण, अनुसन्धान सहयोग, कृषिइनपुटको आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषक सशक्तिकरणका लागि तालिम आदानप्रदान गर्नेछन्। साथै, अन्तरदेशीय कृषि व्यापार विस्तार गर्दै व्यापारिक अवसरहरू खोज्ने योजनासमेत समेटिएको छ।

    Ad
    Ad
    Ad

    विशेषज्ञहरूका अनुसार, यो साझेदारीले नेपाली कृषिमा विदेशी लगानी र ज्ञानको सशक्त प्रवेश गराउनेछ। दुवै देशका कृषकहरूको जीवनस्तर उकास्ने र आत्मनिर्भर कृषि प्रणालीतर्फ डोहोऱ्याउने सामर्थ्य राख्ने विश्वास व्यक्त गरिएको छ। सरकारी अधिकारीहरूले यस सम्झौताले नेपालको कृषि समृद्धि, प्रविधिको पहुँच र कृषक सशक्तिकरणमा ‘गेम चेन्जर’को भूमिका खेल्ने जनाएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.