४ पुष २०८२, शुक्रबार / 19 December 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री राजकुमार गुप्ताद्वारा विराट कुस्ती दंगल मेला उद्घाटन, स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड।

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१६ कार्तिक २०८१

     वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शुक्रबार पर्साको बिन्दबासिनी गाउँपालिकामा आयोजित विराट कुस्ती दंगल मेलाको भव्य उद्घाटन गर्दै नेपाली खेल संस्कृति र स्वदेशी उत्पादनको प्रवर्द्धनमा बल दिएका छन्।

    Ad
    Ad
    Ad

     

    समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले कुस्ती खेल मधेस र तराई क्षेत्रको पुरानो पहिचान रहेको र यो खेललाई एक सांस्कृतिक धरोहरको रुपमा संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले नयाँ पुस्तालाई यस खेलमा संलग्न गराउन आग्रह गर्दै सरकारले गाउँगाउँमा यस्ता प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। मन्त्री गुप्ताले कुस्ती खेलाडीहरूको लडाइँसँगै रिबन काटेर उद्घाटन कार्यक्रमलाई औपचारिकता प्रदान गरे। त्यसक्रममा उनले यस्ता मेलाहरु स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि उद्योगी र व्यवसायीहरुलाई समेत आग्रह गरे। उद्घाटन समारोहमा मन्त्री गुप्ताले स्वदेशमै उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु, रोजगारी सिर्जना गर्नु, र विदेशी मुद्रा आर्जनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

    Ad
    Ad
    Ad

     

    ‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण छ’, उनले भने, ‘निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ उनले मेलामा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट निर्मित वस्तुहरुलाई प्राथमिकतामा राखेर प्रदर्शनमा ल्याउनुपर्नेमा जोड दिंदै यस किसिमका मेलाले व्यवसायिक सञ्जाललाई बलियो बनाउने र व्यवसायी तथा उपभोक्ताबीचको सम्बन्धमा सुधार ल्याउने बताए। उद्घाटनको अवसरमा मन्त्री गुप्ताले उत्कृष्ट कुस्ती खेलाडीलाई सम्मान गरे।

    Ad
    Ad
    Ad
    Ad

     

    मधवलमा आयोजना गरिएको उक्त मेला नेपाल तथा भारतका कुस्ती खेलाडीहरुबीचको जमघटको केन्द्र बनेको छ भने हजारौं दर्शकको उपस्थिति देखिएको छ। मन्त्री गुप्ताले यस्ता मेलाहरुलाई स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याउने, दिगो विकासमा सहायक हुने, र सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको घोषणा गरेका छन्।

    ताजा सूचना

    • पाब्सन जुनियर क्रिकेट प्रतियोगिता : पाँच खेल सम्पन्न, रोमाञ्चक नतिजा
    • इन्जिनियर रामेश्वर यादव संलग्न परिवारभित्रै गर्भहत्या काण्ड : दिदी–बहिनीको कुटपिटबाट गर्भपतन, पर्सा अदालतको कैद फैसला — दोषी अझै फरार
    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.