३१ भदौ २०८३, बुधवार / 16 September 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री राजकुमार गुप्ताद्वारा विराट कुस्ती दंगल मेला उद्घाटन, स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड।

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१६ कार्तिक २०८१

     वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शुक्रबार पर्साको बिन्दबासिनी गाउँपालिकामा आयोजित विराट कुस्ती दंगल मेलाको भव्य उद्घाटन गर्दै नेपाली खेल संस्कृति र स्वदेशी उत्पादनको प्रवर्द्धनमा बल दिएका छन्।

    Ad
    Ad
    Ad

     

    समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले कुस्ती खेल मधेस र तराई क्षेत्रको पुरानो पहिचान रहेको र यो खेललाई एक सांस्कृतिक धरोहरको रुपमा संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले नयाँ पुस्तालाई यस खेलमा संलग्न गराउन आग्रह गर्दै सरकारले गाउँगाउँमा यस्ता प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। मन्त्री गुप्ताले कुस्ती खेलाडीहरूको लडाइँसँगै रिबन काटेर उद्घाटन कार्यक्रमलाई औपचारिकता प्रदान गरे। त्यसक्रममा उनले यस्ता मेलाहरु स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि उद्योगी र व्यवसायीहरुलाई समेत आग्रह गरे। उद्घाटन समारोहमा मन्त्री गुप्ताले स्वदेशमै उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु, रोजगारी सिर्जना गर्नु, र विदेशी मुद्रा आर्जनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

    Ad
    Ad
    Ad

     

    ‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण छ’, उनले भने, ‘निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ उनले मेलामा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट निर्मित वस्तुहरुलाई प्राथमिकतामा राखेर प्रदर्शनमा ल्याउनुपर्नेमा जोड दिंदै यस किसिमका मेलाले व्यवसायिक सञ्जाललाई बलियो बनाउने र व्यवसायी तथा उपभोक्ताबीचको सम्बन्धमा सुधार ल्याउने बताए। उद्घाटनको अवसरमा मन्त्री गुप्ताले उत्कृष्ट कुस्ती खेलाडीलाई सम्मान गरे।

    Ad
    Ad
    Ad
    Ad

     

    मधवलमा आयोजना गरिएको उक्त मेला नेपाल तथा भारतका कुस्ती खेलाडीहरुबीचको जमघटको केन्द्र बनेको छ भने हजारौं दर्शकको उपस्थिति देखिएको छ। मन्त्री गुप्ताले यस्ता मेलाहरुलाई स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याउने, दिगो विकासमा सहायक हुने, र सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको घोषणा गरेका छन्।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.