८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • यू–१९ एसिया कप : नेपाल पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२१ मंसिर २०८०

    २२ मङ्सिर काठमाडौं  // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

    Ad
    Ad
    Ad

    संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । पाकिस्तानका कप्तान साद बेगले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो ।

    Ad
    Ad
    Ad
    Ad

    नेपाल र पाकिस्तान दुवै आजको खेलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । पाकिस्तान नेपालका लागि बलियाे प्रतिद्वन्द्वी हो । यसअघि एसिसी यू–१९ एसिया कपमा नेपालले दुईपटक पाकिस्तानसँग खेल्दा दुबै खेलमा हार खेपेको थियो ।

    एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपाललाई समूह चरण पार गर्न सुरुमै पाकिस्तान र भारत जस्ता बलिया टोलीलाई पन्छाउनुपर्ने बाध्यता छ । 

    एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ ।

    नेपालले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    नेपालको खेल तालिका 

    मङ्सिर २२ – नेपाल र पाकिस्तान

    मङ्सिर २४ – नेपाल र अफगानिस्तान

    मङ्सिर २६ – नेपाल र भारत

    मङ्सिर २९ – दुबै सेमिफाइनलका खेल 

    पुस १ – फाइनल खेल 

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.