१ भदौ २०८३, सोमबार / 17 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ भदौ २०८३

    काठमाडौं । काठमाडौंको कुलेश्वर क्षेत्रमा स्रोत नखुलेको ठूलो रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीमा ल्याउन सफल प्रहरी सहायक हवल्दार शेख सदामलाई ‘बेस्ट पुलिस अफ द मन्थ’को प्रशंसा–पत्र प्रदान गरिएको छ। प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा कार्यरत प्रहरी सहायक हवल्दार शेख सदामलाई प्रहरी वृत्त कालिमाटीले २०८३ साल श्रावण महिनाको ‘Best Police of the Month’ का रूपमा सम्मान गरेको हो। प्रशंसा–पत्रमा उल्लेख भएअनुसार २०८३ साल साउन २६ गते दिउँसो करिब १ः४० बजे काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वर क्षेत्रमा स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

    Ad
    Ad
    Ad

    सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कुलेश्वर फलफूल मण्डीस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक, बारा जिल्ला घर भएका ३३ वर्षीय जितेन्द्र साह तुराहलाई नियन्त्रणमा लिई उनको पसल तथा डेरा कोठामा जाँच गरेको थियो। जाँचका क्रममा प्रहरीले स्रोत नखुलेको नेपाली नगद रु. ७६ लाख २७ हजार ३ सय तथा भारतीय नगद रु. ३ लाख ४ हजार ३ सय बरामद गरेको प्रशंसा–पत्रमा उल्लेख छ। बरामद रकमलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रियाका लागि अगाडि बढाइएको थियो। उक्त घटनामा जिम्मेवारीपूर्वक सूचना परिचालन, अनुसन्धान तथा रकम नियन्त्रणमा लिने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रहरी सहायक हवल्दार शेख सदामको प्रशंसा गरिएको हो। प्रशंसा–पत्रमा उनले आफ्नो पद तथा जिम्मेवारीअनुसार अनुशासित, इमानदार र कर्तव्यनिष्ठ भएर विभागीय नीति, निर्देशन तथा आदेशको पूर्ण पालना गर्दै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा योगदान पुर्‍याएको उल्लेख गरिएको छ। प्रहरी संगठनले सदामको कार्यसम्पादनलाई इमानदारी, कर्तव्यनिष्ठा, लगनशीलता र उत्कृष्ट कार्यशैलीको उदाहरणका रूपमा मूल्यांकन गर्दै ‘Police of the Month’को प्रशंसा–पत्र प्रदान गरेको हो। प्रशंसा–पत्रमा आगामी दिनमा समेत उच्च मनोबलका साथ कार्यसम्पादन गर्दै शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। यस सम्मानले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी र प्रेरित बनाउने अपेक्षा गरिएको छ। विशेषगरी हुण्डी तथा स्रोत नखुलेको रकमको कारोबार नियन्त्रण गर्ने अभियानमा प्रहरीको सूचना संकलन, निगरानी र तत्काल कारबाहीको भूमिका महत्वपूर्ण रहने देखिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    • हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम
    • विश्रामपुरमा ६ करोड ९ लाखको अस्पताल ठेक्कामा बुद्ध–आत्रेय–त्रिवेणी जे.भी.माथि अनियमितताको आरोप
    • अवैध रूपमा औषधि उत्पादन तथा प्याकेजिङ गर्ने आर.पी. फार्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ
    • सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.