५ भदौ २०८३, शुक्रबार / 21 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ भदौ २०८३

    बारा । मधेसकी छोरी गरिमा चौधरीको घटनालाई लिएर मधेस जागरण अभियानले सरकारसमक्ष कडा आपत्ति जनाउँदै गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम दिएको छ। मधेस जागरण अभियानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत गरिमा चौधरीको घटनाले सम्पूर्ण मधेस प्रदेश शोकाकुल र आक्रोशित बनेको जनाएको छ। यस्तो गम्भीर घटनामा संलग्न दोषीलाई संरक्षण दिने तथा पीडित परिवारलाई न्याय दिलाउने विषयमा सरकार गम्भीर नहुनु दुःखद र निन्दनीय भएको अभियानको आरोप छ। अभियानले गृहमन्त्रीले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै घटनाको सत्यतथ्य छानबिन गराउन, दोषीमाथि खोजी गरी कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउने दायित्वबाट पछि हट्न नहुने जनाएको छ। मधेस जागरण अभियानका संयोजक कृष्ण मोहन सहनीद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री स्वयं गरिमा चौधरी घटनास्थलमा उपस्थित भई पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्नुपर्ने माग गरिएको छ। त्यसका लागि अभियानले गृहमन्त्रीलाई २४ घण्टाको अल्टिमेटम दिएको जनाएको छ। निर्धारित समयभित्र गृहमन्त्री घटनास्थलमा उपस्थित नभए सरकारको गैरजिम्मेवारी, पीडितप्रतिको असंवेदनशीलता तथा अपराधी संरक्षणको खुला घोषणा भएको रूपमा लिने चेतावनी अभियानले दिएको छ।

    Ad
    Ad
    Ad

    त्यसपछि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ। अभियानले पीडितलाई न्याय नदिने र अपराधीलाई संरक्षण दिने कार्य तत्काल बन्द गर्न, गरिमा चौधरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही सुनिश्चित गर्न तथा पीडित परिवारलाई सुरक्षा, सम्मान र न्याय उपलब्ध गराउन सरकारसँग माग गरेको छ। “न्यायमा ढिलाइ गर्नु अन्याय हो, न्याय नदिएसम्म मधेस जागरण अभियान चुप लागेर बस्ने छैन,” विज्ञप्तिमा भनिएको छ। मधेस जागरण अभियानले सरकारलाई आफ्नो मागप्रति गम्भीर बन्न आग्रह गर्दै तोकिएको समयभित्र माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    • हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.