२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पहिला तीतो, पछि मीठो

    • राजु कुशवाहा राजु कुशवाहा
    • today७ कार्तिक २०८०

    ७ कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    चेचेन्यामा केटाकेटीहरू प्रायः कठाङ्ग्रिएका हुन्थे, र सधैँ भोका हुन्थे। त्यहाँ थुप्रै घरहरू ध्वस्त भएका थिए। चारवटा कोठामा बस्ने बानी परेकाहरू एउटा कोठामा खुम्चिनु परेको थियो। अनि अकस्मात एउटा अचम्म भयोः सेडा, लुइसा लगायत एक दर्जन युवतीहरू छुट्टी मनाउने क्याम्पमा सहभागी हुन छानिए। क्याम्पको नाम निलो छाल (ब्लू वेभ) थियो। 

    Ad
    Ad
    Ad

     

    क्याम्प सुन्दर र सुरक्षित थियो। पुग्दो खानेकुरा थिए। उनीहरूको सुत्ने कोठा अलि गन्दे, ‍ओसिएको र चिसो भए पनि त्यो ठूलै थियो। हरेक युवतीले एउटा खाट र आफ्ना सामान राख्ने ठाउँ पाएका थिए। कोठाको भित्तामा एउटा गतिलै भ्वाङ परेको हुनाले पल्लो कोठाका मान्छे र हल्ला नछिरून् भनेर भ्वाङमा सिरानी कोच्नु परेको थियो। तथापि, उनीहरूलाई आफ्नो घरको तुलनामा यो बसाइ स्वर्ग जत्तिकै आनन्दको थियो।

    Ad
    Ad
    Ad
    Ad

     

    तर त्यो आनन्द धेरैबेर टिक्न पाएन। एक हुल रसियन केटीहरू अकस्मात कोठामा घुस्दा लुइसा र सेडा भित्रै थिए। “तिमीहरू मध्ये को चैँ हो हाम्रो कोठामा छिर्ने?” एउटी रसियन केटीले चिच्याउँदै सोधी। उनीहरूले आफ्नो कोठा भताभुङ्ग पारिएको र केही सामान हराएको दावी गरे। लुइसा र सेडाले आफूले त्यसो नगरेको भन्दा पनि उनीहरू सुनिरहेका थिएनन्।  

     

    “झुटो बोल्दैछौ,” उनीहरूले भने। “तिमीहरू मध्ये एकजना हाम्रो कोठाबाट बाहिर निस्किँदै गरेको हामीले देखेका थियौँ। हामीलाई थाहा छ तिमीहरू चोर हौ।” 

     

    घर नम्बर पाँच चेचेन र रसियनहरूका लागि भाग लगाइएको थियो। त्यहाँ दुवैले एकअर्काको खोइरो खन्ने मौका छोडेनन्, चाहे त्यो जहाँसुकै होस्… बाथरूम, खाना खाने ठाउँ, खेल्ने कोठा। यस्तो व्यवहार उनीहरू छुट्टी मनाउन बसेको घरभरी जतासुकै छताछुल्ल भयो। भित्ताको भ्वाङ टाल्न कोचिएको सिरानी रातभर यताको कोठा र उताको कोठाबीच तानातान भइरह्यो। त्यसैले, त्यो भ्वाङबाट रातभर हल्लाहरू र चिसा अनुभूतिहरू वारपार भइरहे। 

     

    चेचेन युवतीहरूले शिक्षकहरूलाई शिकायत गरे, अनि शिक्षकहरूले उनीहरूको कोठा खानतलास गरे। तर त्यहाँ चेचेन युवतीहरूका सामान मात्रै भेटिए। शिक्षकहरूले रसियन केटीहरूसँग कुरा गरे, “एकाघरमा बसेका साथीहरूलाई खराव देखाउन खोज्ने कुरा तिमीहरूले कसरी सोच्न सकेका? उनीहरू निर्दोष छन्, र पहिल्यै अतिचार कष्ट भोगिसकेका छन्। युद्धले उनीहरूका घरहरू ध्वस्त पार्‍यो। स्कूल जान पाएनन्। कतिपयका बाबु वा आमा मारिए; कतिका त दुवै मारिए। त्यस माथि तिमीहरूले उनीहरूलाई निर्दयी तरिकाले अपमान गर्‍यौ। यस्तो गर्न सक्ने तिमीहरूको हृदय त ढुङ्गाकै होला।”

     

    अपमान र अपशब्दहरू रोकिए। युवतीहरू एकअर्कासँग कुराकानी गर्न थाले, अनि एकसाथ खेलहरू खेल्न र हिँडडुल गर्न थाले। आफूलाई वित्थाको आरोप लगाउनेमध्येकी एकजना भिकालाई सेडाले एकदिन सोधिन्, “तिमीहरूले हामीलाई किन त्यस्तो गरेका?”

     

    भिकाले भनिन्, “एकजना हामीभन्दा अलि ठूलो केटाले हामीलाई भन्यो… सबै चेचेनहरू भिखारी हुन्, तिनीहरू पाए जति सबैथोक टिप्छन् र मौका पाउने वित्तिकै समस्या निम्त्याइहाल्छन्। हामी तिमीहरूलाई बाहिर निकाल्न चाहान्थ्यौँ। तर अहिले आएर थाहा भयो त्यो गलत रहेछ। हामी त्यो गल्तीको क्षतिपूर्ति गर्न चाहन्छौँ।”

     

    एकदिन रसियन युवतीहरूले सेडा, लुइसा लगायत अरू चेचेन युवतीहरूलाई आफ्नो कोठामा बोलाए। त्यो कोठा बढी न्यानो र आरामदायी थियो। त्यहाँ चेचेनहरूलाई आफ्नै घरजस्तो महसुस गराउन उनीहरूले निकै कोशिस गरे। चेचेनहरूले भोगेका युद्ध र उनीहरूका उजाड ठाउँका कथाहरू सुनेर रसियन युवतीहरू चकित परे। 

     

    एकैछिन पछि भिका फर्किनु पर्ने थियो, साथीहरूसँग विदा माग्ने समय मिलेन। साथीहरूले न्यास्रो माने। भिका वरिपरि हुँदा कसैलाई अल्छि, वाक्क लाग्न पाउँदैनथ्यो। सेडाले उनको सिरानी मुनी एउटा विदाइ चिट्ठी फेला पारिन्। त्यसमा लेखिएको थियो, “सेडा, म तिमीलाई धेरै, धेरै, धेरै माया गर्छु। हामी साथीहरूलाई नबिर्सिनु। चिट्ठी लेख्नु।”

     

    बाँकी समय छिट्टै, पत्तै नपाइ वित्यो। विदा हुने बेला उनीहरू बसेका घरका अभिभावक पनि रोए। छुट्टि मनाउन आएका कसैले पनि आफ्ना अनुभव र नयाँ साथीहरू विर्सने छैनन्।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.