२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • धोबीनी गाउँपालिका–३ का युवाहरुको बजेट पारदर्शिताका माग, तीन दिनभित्र विवरण सार्वजनिक गर्ने वार्ड अध्यक्षको आश्वासन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ कार्तिक २०८२

    पर्सा — धोबीनी गाउँपालिका वार्ड नं ३ का स्थानीय युवाहरुले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा विनियोजित बजेट तथा त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै एक लिखित निवेदन पेस गरेका छन्। स्थानीय युवा नेता सलमान अहमदको अगुवाइमा युवाहरुले आइतबार वार्ड कार्यालय पुगेर उक्त निवेदन बुझाएका हुन्। उनीहरूले निवेदनमार्फत पारदर्शिता, जवाफदेहिता र विकास योजनामा स्थानीय सहभागिताको सुनिश्चितताका लागि खर्च विवरण सार्वजनिक गर्न

    Ad
    Ad
    Ad

    आग्रह गरेका छन्। निवेदन बुझ्दै गर्दा युवा नेता अहमदले भने, “हामीलाई हाम्रो वार्डमा आएको बजेट कहाँ, कसरी खर्च भयो भन्ने जानकारी हुनु आवश्यक छ। जनप्रतिनिधिले विकासबारे स्पष्टता दिनुपर्छ।” जवाफमा वार्ड अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले निवेदनको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने र तीन दिनभित्र सूचना तथा खर्च विवरण सार्वजनिक गर्ने आश्वासन दिएका छन्। युवाहरुले छिटोभन्दा छिटो सार्वजनिक सुनुवाइको मिति तय गरी वित्तीय विवरण सार्वजनिक गर्न माग समेत गरेका छन्। यसअघि पनि गाउँपालिकास्तरमा बजेट पारदर्शिताबारे सवाल उठ्दै आएको थियो। स्थानीय युवाहरुको यो पहलले भविष्यमा उत्तरदायित्व र पारदर्शिताको संस्कार निर्माणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.