१५ फाल्गुन २०८२, शुक्रबार / 27 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतममाथि भेदभाव र मनोमानीको आरोप

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ कार्तिक २०८२

    बीरगंज, १८ कार्तिक बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतममाथि संघभित्र मधेसी–पहाडी समुदायबीच भेदभाव गर्दै मनोमानी ढंगले कार्य सञ्चालन गरेको आरोप लागेको छ। संघमा दर्ता भएका व्यवसायीहरूको हितका लागि क्रियाशील हुनुपर्ने संघ संस्थाहरूलाई बेवास्ता गरी उनले आफ्ना निकट व्यक्ति तथा बिरगंज महानगरपालिकालाई मात्र सहयोग गरेको बताइएको छ। व्यवसायीहरूका अनुसार, संघले आफ्नो मूल उद्देश्य व्यापार तथा व्यवसायीको हित संरक्षण र प्रवर्द्धन लाई बिर्सँदै राजनीतिक र व्यक्तिगत स्वार्थमा आधारित गतिविधि गर्दै आएको छ।

    Ad
    Ad
    Ad

    आलोचकहरूको भनाइमा, बिरगंज उद्योग वाणिज्य संघले महानगरपालिकालाई सहयोग गर्ने नाममा आन्तरिक व्यवसायिक हितलाई बेवास्ता गरेको देखिन्छ। संघका एक सदस्यले नाम नखुलाउने सर्तमा बताएका छन्, अध्यक्ष गौतमले संघको कुनै निर्णय सामूहिक रूपमा नगरी एकलौटी ढंगले निर्णय गर्छन्। बितेको दसैंमा समेत उनले आफ्नो नजिकका पहाडी समुदायका सञ्चारकर्मीलाई फोन गरि गरि बोलाई नजराना खाम वितरण गरेका थिए। यस घटनापछि पर्सा जिल्लाका कतिपय सञ्चारकर्मीहरूमा असन्तुष्टि देखिएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्साका एक पदाधिकारीका अनुसार, उद्योग वाणिज्य संघले साना तथा घरेलु उद्योगहरूका लागि आजसम्म कुनै पनि तालीम, योजना वा सहयोग कार्यक्रम सञ्चालन गरेको छैन। उनका भनाइमा, अध्यक्ष गौतम ठूला उद्योगका हितमा मात्र केन्द्रित छन्। साना उद्यमी र व्यवसायीहरू बेवास्तित भएका छन्, जसले संघको विश्वसनीयता घटाएको छ। उनी थप्छन्, संघको नीति र कार्यक्रमले साना व्यापारीको जीवनस्तर उकास्ने खालको कार्य गर्नुपर्छ, तर अहिले उल्टै विभेद र मनोमानी बढेको छ।यसैबीच, व्यवसायीहरूले उद्योग वाणिज्य संघलाई आफ्नो वास्तविक जिम्मेवारीतर्फ फर्कन आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    उनीहरूले संघले साना तथा ठूला सबै व्यवसायीको समान हितका लागि काम गर्नुपर्ने, पारदर्शी नीति ल्याउनुपर्ने र व्यापार प्रवर्द्धनमा जोड दिनुपर्ने माग गरेका छन्।सम्बन्धित निकायहरूले भने यस विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.