अग्निपथ मिडिया
विरगंज, ०५ कार्तिक । कुनै एक गाउँमा, एकजना वृद्ध मानिस बस्दथ्यो र उसको तिन छोराहरु थिए। गाउँमा सानो तिनो खेति गरेर, उनीहरु दिन काट्दथे। उनि जतिसुकै मेहनती भयपनी उनको छोराहरु भने ठिक उल्टो थिए। छोराहरु कहिले पनि संगै बस्थेन र सधैँ झगडा मात्र गरि बस्दथे। ति वृद्ध बाउले, उनीहरुलाई कति पटक मिलाउन खोजे, एकजुट गर्न खोजे, तर कहिले सफल हुन सकेनन् ।
दिनहरु बित्दै गयो, र वृद्ध मानिस बिरामी भयो। आफु यो संसार छोडेर गएपनि, मर्नु भन्दा पहिले आफ्नो छोराहरुलाई मिलाउन पाए, आनन्दले मर्न पाइन्थ्यो भन्नि सोच आयो। उनले आफ्ना छोराहरूलाई एकतामा रहन आग्रह गरे तर उनीहरूले केहि कुरा पनि सुनेन। त्यो क्षणमा, ती वृद्धले उनीहरूलाई एउटा पाठ सिकाउने निर्णय गरे।
ती वृद्धले आफ्ना छोराहरूलाई बोलाए, र उनीहरूलाई भन्यो, “म तिमीहरु प्रतेकलाई लाठीको बण्डल दिन्छु। त्यो बण्डलबाट लट्ठीहरु एक एक गरि भाच्नुपर्नेछ। जसले पहिले समाप्त गर्छ, उसले अरू भन्दा बढि इनाम पाउनेछ ।”
इनाम सुनेर सबै छोराहरू सहमत भए। ती वृद्धले उनीहरूलाई दशवटा लाठीको एक बण्डल बनाएर सबैलाई एक- एक बण्डल प्रदान गरे। त्यसपछी छोराहरु एक-एक गरि लट्ठी झिक्दै टुक्रा-टुक्रा पार्न थाले । छोराहरूले केही मिनेटमा लाठी भाँचे र फेरि एक-आपसमा झगडा गर्न सुरु गरे।
ती वृद्धले भने, “मेरा प्यारा छोराहरू, खेल अझै सकिएको छैन। अब म तिमीहरुलाई फेरी बण्डल दिनेछु। तर यस पटक तिमीहरुले बण्डलमा भएको सबै १० वोटै लाट्ठी एकै तालमा भाच्नुपर्छ।”
छोराहरू सजिलैसँग सहमत भए र त्यसपछि बन्डल भाच्न प्रयास गरे।धेरै कोशिस गरिसकेपछि पनि तिनीहरूले लाठी भाँच्न सकेनन र छोराहरूले आफ्ना बुबालाई, उनीहरू असफल भएको बताए।
ती वृद्धले भने, “हे मेरा छोराहरू! तिमीहरुलाई एक-एक गरेर लट्ठी भाच्न जति सजिलो थियो, त्यो सबै लट्ठी एउटै बण्डलमा हुँदा, तिनीहरुलाई भाच्न सजिलो हुँदैन। हो, त्यसैगरि एकतामा रहँदा, कोहीले पनि तिमीहरुलाई नोक्सान गर्न सक्दैन। तर सँधै तिमीहरु एक अर्का बीच झगडा गरि, एक-एकलै बसेउ भने अबस्य पनि तिमीहरु हार्नेछौ।”
ती वृद्धले फेरी भने, “त्यै भर अब बाट तिमीहरु मिलेर एकताका साथ् बस है।” छोराहरुले पनि आफ्नो बुवाले पढाउन खोजेको पाठ बुझे र सबै एकसाथ बस्ने वचन दिए ।
रोशीनी कर्ण
नेपाल रेल्वे मा.वि
कक्षा ६