१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ बैशाख २०८३

    वीरगञ्ज, ०१ बैशाख वीरगञ्जस्थित पंचमुखी हनुमान मन्दिर, रेलबे रोड कुम्हालटोलमा बैशाख ९ गतेदेखि १७ गतेसम्म भव्य रूपमा श्रीराम कथा आयोजना हुने भएको छ। श्रीराम कथा आयोजक समितिका अनुसार काशीबाट आएका कथा वाचक पूज्य श्री मधुकर जी महाराजद्वारा दैनिक कथा वाचन गरिनेछ। कार्यक्रमअन्तर्गत हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म बेदी पूजन तथा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म श्रीराम कथा वाचन हुने जानकारी दिइएको छ। कार्यक्रमको समापन बैशाख १७ गते पूर्णाहुति तथा महाप्रसाद वितरणका साथ गरिनेछ। हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा तथा श्रीराम कथा आयोजक समितिका संयोजक गौरी प्रसाद गुप्ताको संयोजनमा, स्वामी राजीव रंजन भारद्वाजको सान्निध्यमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराइएको हो।

    Ad
    Ad
    Ad

    पत्रकार सम्मेलनमा गौरी प्रसाद गुप्ता, श्रवण बहादुर रायमाझी, दीपक गुप्ता, अभिलाष गुप्ता, अमर सर्राफ, रामु रायमाझी, नवल श्रीवास्तव, नन्दलाल यादव र मनोज मिश्रालगायतको उपस्थिति रहेको थियो। आयोजक समितिले श्रीराम कथालाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ भने कथा वाचनमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.