३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ग्यास सिलिण्डरको म्याद सकियो? यसरी थाहा पाउनुस्

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today१ फाल्गुन २०८१

    गत साता मात्रै पनि कमलपोखरीस्थित शानदार मःम पसलमा सिलिण्डर पड्किँदा दुई जनाको मृत्यु नै भयो भने केही घाइते भए। यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो। म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर, धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। उपभोक्ताले ग्यास बिक्रेताबाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलिन्डर थपक्क भान्छामा प्रयोग गरिरहेका छन् र खतरा निम्त्याइरहेका छन्। तपाईंहरूले आफ्नो घरमा प्रयोग भइरहेको ग्यास सिलिन्डर हेर्नुभयो भने त्यसको माथिल्लो भागमा सिलिन्डर प्रयोग गर्न सकिने अन्तिम मिति लेखिएको हुन्छ। उक्त मिति हेरेर उपभोक्ता आफैँले म्याद गुज्रिएको छ कि छैन थाहा पाउन सक्छन्।

    Ad
    Ad
    Ad

     


    म्याद गुज्रिएको सिलिन्डर फेला पर्‍यो भने तुरून्तै बिक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ। ग्यास बिक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष चन्द्र थापाका अुनसार अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ। दस वर्षपछि उक्त सिलिन्डरको भारवहन क्षमता छ कि छैन वा त्यो सिलिन्डर प्रयोग गर्न लायक छ कि छैन भनेर हाइड्रोलिक परीक्षण गरिन्छ। सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर हाइड्रोलिक परीक्षण गरिन्छ। सुरूमा १० वर्षपछि हाइड्रोलिक परीक्षण हुन्छ। परीक्षण पास भएको सिलिन्डर फेरि प्रयोगमा पठाइन्छ। त्यसपछि पाँच वर्षमा अर्को हाड्रोलिक परीक्षण गरिन्छ,' उनले भने, 'पाँच वर्षपछि पनि परीक्षण पास भएको सिलिन्डरलाई फेरि तीन वर्षमा परीक्षण गरिन्छ।'

    Ad
    Ad
    Ad

     

    यसरी पटक-पटक हाइड्रोलिक परीक्षण गर्दा जबसम्म सिलिन्डर फेल हुँदैन, तबसम्म प्रयोग गरिने र फेल भएपछि नष्ट गरिने उनी बताउँछन्। 'हाइड्रोलिक परीक्षण गर्दा फेल भएको सिलिन्डरलाई आयल निगम र गुणस्तर विभागको प्रतिनिधि राखेर बिगारिन्छ र फलामका रूपमा बेचिन्छ,' उनले भने। उनका अनुसार सिलिन्डरको म्याद ग्राहक आफैँले थाहा पाउन सक्छन्। सिलिन्डरको माथिल्लो सतहमा जहाँ रेगुलेटर हुन्छ, त्यसको पछाडिको भागमा म्याद उल्लेख भएको हुन्छ। यस्तो म्याद अंग्रेजीमा लेख्ने गरिन्छ। उदाहरणका लागि, सिलिन्डरको म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा लेखिएको हुन्छ। उक्त अक्षरको पछाडि अंक लेखिएको हुन्छ।

    Ad
    Ad
    Ad
    Ad

     

    एउटा अल्फाबेट (अक्षर) ले तीन महिना जनाउँछ। ए लेखिएको छ भने जनवरीदेखि मार्चसम्म भन्ने बुझिन्छ। त्यस्तै, बी लेखिएको छ भने अप्रिलदेखि जुन, सी लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर र डी लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बरसम्म भन्ने बुझ्नुपर्छ। अक्षरको पछाडि जुन अंक हुन्छ, त्यसले चाहिँ सिलिन्डर प्रयोग गर्न मिल्ने अन्तिम वर्षको संकेत गर्छ। यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ। आफ्नो भान्छा सुरक्षित राख्ने एउटा उपाय मिति नगुज्रिएको ग्यास सिलिन्डर मात्र प्रयोग गर्ने हो। यसको निम्ति उपभोक्ताले ग्यास खरिद गर्दा अनिवार्य रूपमा सिलिन्डरको मिति हेर्न उनी सुझाउँछन्।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.