३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय

    • बिशाल यादब बिशाल यादब
    • today२५ भदौ २०८२

    काठमाडौँ । सर्वोच्च अदालतमा मङ्गलवार भएको आगजनी कारण अभिलेखसहितका डाटा सेन्टर पनि ध्वस्त भएको छ । २४ हजार बढी मुद्दाका फाइल एक साथ नष्ट भएका छन् । प्रदर्शनको निशानामा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र विशेष अदालत परे । 

    Ad
    Ad
    Ad

    सर्वोच्च अदालतबाटै अनलाइन माध्यमबाट मुद्दाको पेशी तोकिने गर्दथ्यो । ’मङ्गलवार प्रदर्शनकारीले आगो झोसे पछि अब सबै चिज खरानी भएको छ', सर्वोच्च अदालतका एक अधिकृतले रातोपाटीसँग भने, 'हामीसँग बाँकी केही बचेखुचेका कागजात बाहेक सबै खरानी भए ।’ सर्वोच्च अदालतले हेटौँडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो, त्यहाँ समेत तोडफोड र आगजनी भएको छ । दुवैतर्फ एकसाथ आक्रमण भएपछि सर्वोच्चको सर्भर पनि डाउन भएको छ । अब सफ्टवेयरबाट मुद्दाहरू अघि बढाउने अवस्था छैन । 

    Ad
    Ad
    Ad

    सर्वोच्चको सफ्टवेयर सञ्चालन नआउने भएपछि सबै जिल्ला, उच्च अदालतमा अनिश्चितकालीन मुद्दाको पेशी स्थगित भएको छ । सर्वोच्चले बुधबार एक सूचना जारी गरेर मुद्दाको पेशी अनिश्चितकालीन समयका लागि स्थगित भएको जनाएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार मंगलबारको आगजनीले सर्वोच्च अदालतको सबै अभिलेख नष्ट भएको जानकारी दिए । ‘हामीले अदालतलाई डिजिटलाइज गर्दै थियौ, अनलाइनबाटै मुद्दा दर्ता प्रक्रियासमेत अघि बढिसकेको थियो तर, हिजोको आगजनीले डाटा सेन्टर नै ध्वस्त भएकाले अब के गर्ने भनेर न्यायाधीशहरुबिच सामूहिक छलफल गरेर निष्कर्ष निकाल्छौ, उनले भने, पुरानो मुद्दाहरुको फाइल हेरेर हामीले फैसला गर्दै आइरहेका थियौ, त्यो पनि अब केही बाँकी रहेन ।’

    हामीले प्रधानन्यायालयले गरेको फैसलाको अभिलेख हेरेर डिजिटलाइज पनि गरेका थियौ । सङ्ग्रह बनाएर राखेका थियौ, त्यो सबै आगजनीका कारण खरानी भएकाले अब के गर्ने भनेर हामी छलफल गर्दैछौ, ती न्यायाधीशले भने ।

    सर्वोच्च अदालतको सुरक्षार्थ सीमित सुरक्षाकर्मीका कारण मङ्गलवार ठुलो सङ्ख्यामा आएका प्रदर्शनकारीलाई रोक्न सम्भव भएन । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार उनीहरू सुरुमा कागजपत्र सङ्कलन गर्न लागिपरे । सबै कागजात एकै ठाउँमा थुपारेर आगो लगाए । त्यसपपछि २/३ ठाउँमा आगो लगाएपछि उनीहरू सर्वोच्च अदालतको तेस्रो तल्लामा पुगे । सर्वोच्च अदालतको तेस्रो तल्ला अत्यन्त संवेदनशील मानिन्छ । जहाँ सर्वोच्चले पछिल्लो समय प्रधानन्यायालयले गरेको फैसलालाई डिजिटलाइज गरेर राखिएको थियो । अब त्यो पनि बाँकी रहेन । न्यायाधीशहरुले तयार पारेका फैसलाका अभिलेखहरू कम्प्युटरसँगै जलेर नष्ट भएका छन् । कतिपय फैसला लेखन बाँकी थियो । पछिल्लो समय डिजिटल रूपान्तरणमा उदाहरणीय काम गरिरहेको विशेष अदालत पनि आगजनीबाट ध्वस्त भएका छन् । जहाँ भ्रष्टाचार मुद्दाका फाइलहरू एक निमेषमा खरानी भएका छन् । आगलागीका कारण सर्वोच्चमा विचाराधीन २४ हजार मुद्दाका फाइल नष्ट भएका छन् । 

     

    ३/४ ठाउँमा आगो दन्किएपछि उनीहरू सरासर सर्वोच्च अदालतको तेस्रो तलामा पुगेका थिए । सर्वोच्च अदालतको पहिलो तलामा इजलासहरू छन् भने दोस्रोमा प्रधानन्यायाधीशको कार्यकक्ष, बैठक कक्ष र मुख्यरजिष्ट्रारको कार्यालय छन् । तल्लो तलामा आगो बालेपछि प्रदर्शनकारीहरू सोझै तेस्रो तलामा पुगेका थिए । जहाँ डिजिटलाइज्ड हुने प्रक्रियामा रहेको सर्वोच्च अदालतका सबै अभिलेखहरुको डाटासेन्टर थियो । भुईतलामा आगो झोसेपछि सिधै डाटा सेन्टरमा आगजनी सुरु गरे । जसका कारण हाल सर्वोच्च अदालतको सर्भर डाउन छ । त्यसपछि प्रदर्शनकारीले अदालतको अभिलेख रहेको स्थानमा छानीछानी आगजनी गरे ।

     

    पहिलो पटक छिरेका प्रदर्शनकारीले सर्वोच्चको डाटा सेन्टर ध्वस्त बनाएपछि फर्किएका थिए । दोस्रो पटक सर्वोच्च अदालत प्रवेश गरेका प्रदर्शनकारीले भने कानुन पत्रिकाको कोठामा प्रवेश गरेर आगो लगाए । आगलागीका कारण दशकौँदेखि सङ्कलन गरेर राखिएको नजिर सङ्ग्रह ध्वस्त हुन पुगे । पहिले न्यायपरिषद्को कार्यालय समेत रहेको एनेक्स भवनको भुईंतलामा पुराना मुद्दाका अभिलेख र फैसलाहरू संग्रहित थियो । सर्वोच्च अदालतले गरेका सबैजसो फैसलाहरू अभिलेख शाखामा सुरक्षित रहन्छन् ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.