वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
-
बिशाल यादब
- today२५ भदौ २०८२
वीरगन्ज । वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ भएका छन् । मुख्य सडक तथा अन्य गलीहरुमा ब्यापक संख्यामा सेनासहितको सुरक्षा फौज परिचालित छन् ।
हिडडुल गरिरहेका सर्वसाधारण तथा पसलेहरुलाई आवतजावत नगर्न सुरक्षा फौजले आग्रह गरिरहेको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई नेपाली सेनाले अनुरोध गरेको छ ।
अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल स्थानीय सुरक्षा फौजलाई खबर नेपाली सेनाले पुनः आग्रह गरेको छ ।