५ श्रावण २०८३, मंगलबार / 21 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दिल्लीमा भाजपाको बहुमत, केजरीवालले पनि हारे चुनाव

    • अशोक यादब अशोक यादब
    • today२६ माघ २०८१

    दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याउने निश्चित भएको छ। बुधबार सम्पन्न मतदानको मतगणना शनिबार बिहानदेखि सुरू भएको थियो। दिउँसोसम्मको नतिजाले यसपालि दिल्लीमा भाजपाले बहुमत ल्याउने निश्चित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अपराह्नसम्मको मतपरिणामअनुसार ७० मध्ये ८ सिटमा भाजपा उम्मेदवार विजयी भएका छन् भने ४१ सिटमा अग्रता लिइरहेका छन्।

    Ad
    Ad
    Ad

     

    त्यस्तै आम आदमी पार्टीका उम्मेदवार  ८ सिटमा विजयी र   १३ सिटमा अग्रता लिइरहेका छन्। कंग्रेस आईले  कुनैपनि सिटमा जित र अग्रता लिएको छैन। दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित भएका छन्। नयाँ दिल्ली सिटमा केजरीवाललाई भाजपाका प्रवेश शाहिब सिंह वर्माले पराजित गरे। उनले ३० हजार २४ मत ल्याएका  छन्। त्यो भनेको कुल खसेको मतको ४८.८५ प्रतिशत हो।

    Ad
    Ad
    Ad

     


    केजरीवालले २५ हजार ९२५ मत पाए। त्यो भनेको ४२.१८ प्रतिशत हो। कंग्रेस आईका सन्दीप दिक्षितले ४ हजार ५४१ मत ल्याए। उनले ७.३९ प्रतिशत मत पाए।यसअघि २०२० मा अरविन्द केजरीवालले ४६ हजार ७५८ मत ल्याएका थिए। त्यतिबेला भाजपाका सुनिलकुमार यादवले २५ हजार ०६१ मत ल्याएका थिए। भारतीय नेशनल कंग्रेसका ३ हजार २२० मत मात्रै ल्याएका थिए।त्योभन्दा अगाडि २०१५ मा केजरीवालले ५७ हजार २१३ मत ल्याएका थिए। त्यतिबेला भाजपाका नुपुर शर्माले २५ हजार ६३० मत पाएकी थिइन् भने किरण वालियाले ४ हजार ७८१ मत ल्याएका थिए। दिल्लीमा सन् २०१५ र सन् २०२० मा आम आदमी पार्टीले बहुमत ल्याएको थियो। २०१५ मा ७० मध्ये ६७ सिट र २०२० मा ७० मध्ये ६२ सिट आम आदमी पार्टीले जितेको थियो।

    Ad
    Ad
    Ad
    Ad

     

    केजरीवाल  मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमागत मार्च २१ मा पक्राउ पक्राउ परेका थिए। त्यतिबेला लोकसभा चुनावको मुखमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आम आदमी पार्टीका नेता पक्राउ र कंग्रेस आईको बैंक खाता रोक्का गरिदिएको थियो। त्यसले नागरिकहरू दिल्लीमा मोदी र भाजपालाई हेर्ने दृष्टीकोण नकारात्मक हुने र यसले कंग्रेस र आपलाई चुनाव जिताउने विश्लेषण थियो। सर्वेक्षणहरूले आप र भाजपाबीच कडा प्रतिस्पर्धा हुने प्रक्षेपण गरेको थियो। नतिजा भने त्यसको उल्टो आउने निश्चित भएको छ।

    ताजा सूचना

    • "पहिले विदेश जानेको आलोचना हुन्थ्यो, अहिले झन् धेरै जाँदा पनि सबै मौन छन्" —पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
    • बिना टीसी विद्यार्थी भर्ना गराउने विद्यालयबारे विवरण माग्दै प्याब्सन पर्सा
    • मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र
    • घण्टी पार्टीको समर्थक भन्नसमेत लाज लाग्ने अवस्था छ' : ज्ञानेन्द्र शाही
    • ३ इडियट्स' सोनम वाङ्चुकमा आधारित थिएन : आमिर खान
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.