३० श्रावण २०८३, शनिबार / 15 August 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिना टीसी विद्यार्थी भर्ना गराउने विद्यालयबारे विवरण माग्दै प्याब्सन पर्सा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ श्रावण २०८३

    वीरगन्ज। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको टी.सी. समन्वय समितिले शैक्षिक सत्र २०८३ मा ट्रान्सफर सर्टिफिकेट (टीसी) नलिई अन्य विद्यालयमा भर्ना भएका विद्यार्थीहरूको विवरण उपलब्ध गराउन सदस्य विद्यालयहरूलाई आग्रह गरेको छ। समितिले प्याब्सनमा आबद्ध विद्यालयका संस्थापक, प्रिन्सिपल तथा डाइरेक्टरहरूलाई सम्बोधन गर्दै कुनै विद्यार्थीले आफ्नो विद्यालयबाट टीसी नलिई अन्य विद्यालयमा अध्ययन गरिरहेको र त्यस सम्बन्धमा गुनासो वा दाबी (क्लेम) भएमा ७ दिनभित्र आवश्यक विवरण पठाउन अनुरोध गरेको हो।

    Ad
    Ad
    Ad

    समितिले विद्यार्थीको नाम, अध्ययनरत कक्षा, बाँकी शुल्क वा रकम, अभिभावकको नाम, सम्पर्क नम्बर तथा सम्भव भए स्थानान्तरण भएको विद्यालयको नाम समेत उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त विवरणका आधारमा टी.सी. समन्वय समितिले सम्बन्धित विषयमा अनुगमन, समन्वय तथा आवश्यक पहल गर्ने जनाएको छ। बिना टीसी विद्यार्थी भर्ना भएका घटनाबारे तथ्य संकलन गरी सम्बन्धित विद्यालयबीच समन्वय गर्दै समस्या समाधानका लागि सहजीकरण गरिने समितिको भनाइ छ। प्याब्सन पर्साले सबै सदस्य विद्यालयसँग आवश्यक सहयोग र समयमै विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ। टी.सी. समन्वय समितिमा सुशीला साह, शर्मानन्द कुशवाहा, फाजिल अहमद, उमेश साह, मञ्जु राणाभाट र सुशील केसी सदस्य रहेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • विश्रामपुरमा ६ करोड ९ लाखको अस्पताल ठेक्कामा बुद्ध–आत्रेय–त्रिवेणी जे.भी.माथि अनियमितताको आरोप
    • अवैध रूपमा औषधि उत्पादन तथा प्याकेजिङ गर्ने आर.पी. फार्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ
    • सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित
    • प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ — एसपी पवनकुमार भट्टराई
    • कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई रु. १ लाख र घाइतेलाई रु. ११ हजार राहत दिने विश्व हिन्दू परिषद्को घोषणा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.