१७ कार्तिक २०८३, सोमबार / 02 November 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली क्रिकेट विकासको लागि क्यानले गर्यो नयाँ घोषण

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२३ मंसिर २०७९

    नेपाली क्रिकेट संघ क्यानले आज पुन टी २० लिग प्रतियोगिताको मिति परिवर्तन गरेको छ।पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको नेपाल टी २० लिग प्रतियोगिताको मिति फेरि सरेको छ ।आज नै नेपाली क्रिकेट संघ क्यानले नयाँ मिति तय गरेको छ।

    Ad
    Ad
    Ad

     

    यसअघि असोज कार्तिकमा आयोजना गर्ने गरि मिति तय भएको थियो ।नेपाल टी २० लिग यसअघि चुनावको कारण देखाउँदै पर सारिएको प्रतियोगिता डिसेम्बर ११ तारिखदेखि सुरु गर्ने भनिएको थियो ।तर नेपाल क्रिकेट संघ क्यानले बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता डिसेम्बर २३ तारिखदेखि सुरु गर्ने जनाएको छ ।

    Ad
    Ad
    Ad

    यसैगरी नेपाल क्रिकेट संघ क्यानले नयाँ फ्रेन्चाइज टिम पनि सार्वजनिक गरेको छ । यसअघि तय भएको काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिए पछि काठमाडौं नाइट नामको नयाँ टोली सार्वजनिक गरिएको हो ।पहिलो संस्करणको नेपाल टी २० लिगमा ६ टिमले सहभागिता जनाउने छन् ।

    Ad

    क्यानले पहिलो पटक गर्ने लागेको टी २० लिग प्रतियोगिताले नेपालको क्रिकेट विकासमा केहि राहत मिल्ने छ।तर लिगको मिति लगातार परिवर्तन हुनेले लिग हुनुमा आशंका गरिएको थियो।

     

    यी पनि पढ्नुहोस्:आईसीसी विश्वकप लिग टूको नामिबियाको सिरिजमा नेपाल अंक विहिन

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    काठमाडौं,२३ मंसिर । आईसीसी विश्वकप लिग टूको नामिबियामा भएको त्रिदेशीय सिरिजमा अंक विहिन भएको छ। आईसीसी विश्वकप लिग टूको अन्तर्गतको एकदिवसीयमा हिजो भएको अन्तिम सिरिजमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहीबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

    नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्यो । स्कटल्याण्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ तथा जर्ज मुन्सिले ४५ रन बनाए ।

    कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिचि बेरिङ्टन १२ रनमा अविजित रहे । नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो ।

    नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललित नारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए ।

    क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए । ७ टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्डको ३२ खेलमा ४६ अंकका साथ पहिलो स्थानमा रहेको छ।

    नेपाल भने २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । यस हारसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शर्ष पाँचमा रहेर एक दिवसीय मान्यता कायम राख्न पनि अबका बाकी रहेका १२ खेलमा कम्तीमा ९ खेलमा जित आवश्यक रहेको छ ।

    ताजा सूचना

    • बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे!
    • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली
    • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल
    • सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
    • कलैयाबाट प्रतिबन्धित लागूऔषधका १ हजार ४९५ पिस इन्जेक्सन बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.