१ जेठ २०८३, शुक्रबार / 15 May 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने,रोहितले गरे कुशललाई परिवर्तन

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२२ मंसिर २०७९

     अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     मंसिर २२। आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज बिहिबार नामिबिया सिरिजको अन्तिम खेल खेल्दैछ। अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

    Ad
    Ad
    Ad

     

    नेपाल र स्कटल्याण्ड नयाँ प्रतिद्वन्दी भने होईनन् । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा तीन पटक खेलेका छन् । १ खेलमा नेपाल र २ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    एकदिवसीय अन्तराष्ट्रियमा नेपाल र स्कटल्याण्डको पहिलो भेट १३ जुलाई २०२२ मा भएको थियो । विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।टस जितेर नेपालले पहिले फिल्डिङ राजे पछि पहिले ब्याटिङ गरेको घरेलु टोलीलाई नेपालले ४२.५ ओभरमा १ सय ४४ रनमा अलआउट गरेको थियो ।

    खेलमा नेपालका तर्फबाट सोमपाल कामी र आदिल आलमले समान ३/३ तथा तत्कालिन कप्तान सन्दीप लामिछानेले २ विकेट लिएका थिए । १ सय ४४ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ७१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । हालका कप्तान रोहित कुमार पौडेलले ३४ तथा कुशल भुर्तेलले २७ रन बनाएका थिए ।

    स्कटल्याण्ड भएको सो सिरिजमा पुनः नेपाल र स्कटल्याण्डको भेट भएको थियो । ४ दिन पछि भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । टस हारेर नेपालले पहिले ब्याटिङ गरेकोमा ३५.५ ओभरमा १ सय २८ रन बनाएको थियो ।

    नेपालका लागि आसिफ शेखले ४० तथा तत्कालिन कप्तान सन्दीप लामिछानेले २२ रन बनाएका थिए । १ सय २८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।बलिङ तर्फ नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट लिएका थिए ।

    नेपालको टिम:

    रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, हरी , ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा

    ताजा सूचना

    • सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन
    • संसद बैठक बहिष्कार गरेका हर्क साम्पाङ फेसबुकबाट प्रधानमन्त्रीविरूद्ध खनिँदै
    • सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा बिहीबार चक्काजामको घोषणा
    • प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
    • प्रतिनिधिसभा बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.