७ फाल्गुन २०८२, बिहिबार / 19 February 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ मंसिर २०८२

    वीरगञ्ज – विद्यार्थी खेलकुदको उत्साह र प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्‍याउँदै सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता २०८२ वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेल प्याब्सन पर्साका नगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भयो। फाइनल खेलमा वीरगञ्जका दुई प्रतिष्ठित विद्यालय एम.ई.एस. माध्यमिक विद्यालय र बिधासागर माध्यमिक विद्यालय आमनेसामने भएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको बिधासागर माविले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १३० रन जोड्दै एम.ई.एस. माविलाई १३१ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा एम.ई.एस. मावि लक्ष्य पछ्याउने क्रममा दबाब झेल्न नसक्दा निर्धारित ओभरमा लक्ष्य पूरा गर्न असफल भयो।

    Ad
    Ad
    Ad

    उत्कृष्ट टोली प्रदर्शनसहित बिधासागर माविले १९ रनको अन्तरले जित हात पार्दै प्रतियोगिताको उपाधि कब्जा गर्‍यो। फाइनल खेलका उत्कृष्ट खेलाडी बिधासागर माविका आकाश कुश्वाहा ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगितामा वीरगञ्जका १२ वटा विद्यालयहरूको सहभागिता रहेको थियो, जसले स्थानीय स्तरमै प्रतिभावान खेलाडी उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, प्रदेश सल्लाहकार इमामुदिन अहमद, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, जीवन ज्योती स्कुलका सञ्चालक शिव गुप्ता, अमित आलोक, विजय बल तथा रङराजन चौरसियालगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता सनलाईट स्कुलका सञ्चालक आलोक चौरसियाले गर्नुभएको थियो। आयोजकका अनुसार, यस प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता र प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। साथै, विद्यालयस्तरमै क्रिकेटप्रति बढ्दो आकर्षणले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    • रक्सौल ल्यान्ड पोर्टमा दुई दिवसीय मानव बेचबिखन नियन्त्रण तालिम कार्यशाला सुरु
    • थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली
    • फागुन २१ को निर्वाचनविरुद्ध कालोझण्डासहित र्‍याली निकाल्ने २५ युवा सुर्खेतमा पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.