८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पाकिस्तान शाहीन्ससँग एक रनले हार्‍यो नेपाल

    • बिशाल यादब बिशाल यादब
    • today६ भदौ २०८२

    काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले टप एन्ड टी–२० शृंखलामा चौथो हार बेहोरेको छ । सुरुका तीन खेलमा लगातार पराजित भएको नेपाल लिग चरणको अन्तिम खेलमा पनि पाकिस्तानको शाहीन्ससँग १ रनले पराजीत भयो ।

    Ad
    Ad
    Ad

    अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा नेपालले मात्र ६ रन जोड्यो । शुक्रबार डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले ७ विकेट गुमाएर १४३ रन बनायो । यसअघि लगातार तीन खेलमा पराजित नेपालले पछिल्लो दुई खेल जितेको थियो । पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

    Ad
    Ad
    Ad

    नेपालले चौथो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाए । रोहितले ४४ बलमा ५२ रन बनाए । ६ चौका र एक चक्का हिर्काए । यस्तै, आशिफ शेखले ३० बलमा २७ रन बनाए । दीपेन्द्र सिंह ऐरीले अविजित ४१ रन बनाएर रन आउट भए ।

    Ad
    Ad
    Ad
    Ad

    यस अघि पाकिस्तानका लागि कप्तान इरफान खानले अविजित ४२ रन बनाए । अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा कुशल भुर्तेलले एक विकेट लिए ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.