१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दुवै सन्तान एनपिएलका विजेता र उपविजेता: वीरगञ्जको शेख परिवारको ऐतिहासिक सफलता।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today८ पुष २०८१

    दुवै सन्तान ‘एनपिएल’ विजेता र उपविजेता बने: वीरगञ्जको शेख परिवारको गौरवगाथा।

    वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीनका दुई छोरा नेपाली क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएका छन्। मोहम्मदका कान्छा छोरा आसिफ शेख जनकपुर बोल्ट्सबाट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जिते भने जेठा छोरा आरिफ शेख सुदूरपश्चिम रोयल्सबाट खेल्दै उपविजेता बने। शनिबार, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको फाइनल खेलमा दुवै दाजु फरक–फरक टिमबाट मैदानमा उत्रिए। जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि चुम्दा शेख परिवारको घरमा एक अनौठो वातावरण सिर्जना भएको थियो।

    Ad
    Ad

    बुबा र आमाको फरक समर्थन

    बुबा मोहम्मद जनकपुर बोल्ट्सको समर्थक बने भने आमा समा प्रवीन सुदूरपश्चिम रोयल्सको पक्षमा थिइन्। “दुवै छोरा फाइनल खेलोस् भन्ने मेरो चाहना थियो। एउटाले जित्दा खुशी लाग्यो, तर अर्कोको हारले मन भित्रभित्रै भिज्यो,” बुबा मोहम्मदले भने। त्यस्तै, आमा प्रवीनले भनिन्, “दुवै छोराले उत्कृष्ट प्रदर्शन गरुन् भन्ने चाहना थियो। खेलको नियमले एउटा मात्र टिम जित्न सक्थ्यो। हार्नेमा जेठो छोरो परेकोमा अलिक दुःख लागेको छ।”

    Ad
    Ad

    आसिफ र आरिफको संघर्षगाथा

    आरिफ शेख, नेपाली राष्ट्रिय क्रिकेटका अनुभवी अलराउन्डर हुन्। उनले सुदूरपश्चिम टिमबाट तीन बलमा मात्र एक रन बनाउन सके। उनको टिमले २० ओभरमा १८४ रन बनाए पनि जनकपुरले १९.२ ओभरमै लक्ष्य पछ्याउँदै जित हात पार्‍यो। आसिफ शेख भने जनकपुर बोल्ट्सका लागि मार्की खेलाडीको रूपमा मैदानमा उत्रिए। कप्तान अनिल साह घाइते भएपछि कप्तानीको जिम्मेवारी पनि उनले सम्हाले। उनले फाइनल खेलमा १९ बलमा ३३ रनको योगदान दिएर टोलीलाई जिततर्फ डोर्‍याए।

    Ad

    शेख परिवारको सपना: विश्वकप जित्ने

    नेपाली टिम बुबा मोहम्मदले छोराहरूलाई सानैदेखि क्रिकेटमा लाग्न प्रेरित गरेका थिए। “धनसम्पत्तिले होइन, संस्कार र मेहनतले छोराहरू यहाँसम्म आइपुगेका हुन्। अब नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने मेरो ठूलो सपना छ,” उनले भने। आमा समाले भने नेपाली क्रिकेटमा अझै पनि आर्थिक स्थायित्वको अभाव रहेको बताउँदै भनिन्, “खेलाडीहरूले क्रिकेटबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था बनाउन जरुरी छ, ताकि नयाँ खेलाडीहरू आकर्षित होऊन्।”

    दाजुभाइको मेहनतको प्रशंसा दुवै छोराका बहिनी मुस्कान प्रवीन भने दुवै दाजुहरूका समर्थक थिइन्। “मेरा लागि दुवै दाजु बराबर छन्। उनीहरूको मेहनत र लगनशिलताले आज यो स्थान पाएका छन्,” उनले भनिन्। शेख परिवारको यो कथा नेपाली क्रिकेटको विकास र संघर्षको एउटा प्रेरणादायी पाटो हो। दुई दाजुभाइको सफलता मात्रै नभएर परिवारको समर्थन र बलिदानले पनि यसलाई ऐतिहासिक बनाएको छ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.