१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १५ वर्षपछि लिभरपुलले रियल मड्रिडलाई हरायो

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१३ मंसिर २०८१

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा इंग्लिस क्लब लिभरपुलले साविक विजेता रियल मड्रिडलाई २-० ले पराजित गरेको छ ।

    Ad
    Ad

    लिभरपुलले स्पानिस क्लब रियललाई १५ वर्षपछि पहिलो पटक पराजित गरेको हो । यसअघि च्याम्पियन्स लिगको दुई फाइनल सहित ८ खेलमा लिभरपुल जित निकाल्न असफल भएको थियो । तर यस पटक भने लयमा रहेको लिभरपुलले रियललाई सहजै हरायो ।

    Ad
    Ad

    लिभरपुलका मोहमद सालाल पेनाल्टीमा चुकेपनि एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोको गोलमा लिभरपुलले जित हात पारेको हो । च्याम्पियन्स लिगमा लिभरपुलको यो लगातार पाँचौ जित हो र शतप्रतिशत नतिजा निकाल्ने एक्लो टोली पनि हो । ५ खेलबाट १५ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । तेस्रो हार व्यहोरेको रियल समान खेलबाट ६ अंकसहित २४औं स्थानमा छ ।

    Ad

    लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्‍यो । ५२औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ७६औं मिनेटमा गाक्पोले गोल गरे ।

    खेलमा लिभरपुल र रियल दुवैले पेनाल्टी मिस गरेका थिए । रियलका केलिएन एमबाप्पेले ६१औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । लिभरपुलका सालाहले ७०औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् l

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.