१४ कार्तिक २०८३, शुक्रबार / 30 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • यूएईविरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२८ कार्तिक २०८१

    वीरगंज | आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ।

    Ad
    Ad
    Ad

    यी दुईबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजे युएईको घरेलु मैदानमा हुनेछ।

    Ad
    Ad
    Ad

    प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध जित्नुपर्ने दबाब छ।

    Ad

    पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो।

    तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्यान्डमाथि १०६ रनको जित निकालेको थियो। पाँचौ खेलमा हिजो नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको छ।

    पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अङ्क जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अङ्क जोडेको छ। थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अङ्कविहीन छ।

    प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। यो प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टी– २० विश्वकपका लागि छनोट हुनेछ।

    यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ।

    ताजा सूचना

    • बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे!
    • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली
    • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल
    • सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
    • कलैयाबाट प्रतिबन्धित लागूऔषधका १ हजार ४९५ पिस इन्जेक्सन बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.