१८ भदौ २०८३, बिहिबार / 03 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भुवन कार्कीले ८ विकेट लिएपछि धनगढी स्पोर्ट्स एलपीएलको सेमिफाइनलमा

    • रामाशंकर साह रामाशंकर साह
    • today२८ मंसिर २०८०

    २८ मंसिर, काठमाडौं । देब्रे हाते स्पिनर भुवन कार्कीले ८ विकेट लिएपछि धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल ) को आठौँ संस्करणको सेमिसफाइनल प्रवेश गरेको छ।

    Ad
    Ad
    Ad

    जित्नैपर्ने खेलमा धनगढीले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गरेको हो । एलपीएलको सेमिफाइनलमा यसअघिनै समूह ‘बी’ बाट युथ अफ टीकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी पुगिसकेका थिए । शुक्रबार प्रतियोगिताको दुईवटा सेमिफाइनल खेल सञ्चालन हुनेछन् ।

    Ad
    Ad
    Ad

    पहिलो सेमिफाइनल विहान ९ बजे धनगढी स्पोर्ट्स क्लब र घोडाघोडी क्रिकेट एकेडेमी तथा दिउँसो १ बजे सत्यवती एकेडेमी र युथ अफ टीकापुर प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ । फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोर्ट्स क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोर ले १९.३ ओभरमा ९६ रन बनाउदा सबै विकेट गुमायो। लक्ष्य पछ्याउने क्रममा ७९ रनमा १ विकेट गुमाएको अवस्थाबाट थप १७ रन जोड्दा खप्तड स्पोर्ट्सले सम्पूर्ण विकेट गुमायो ।

    Ad
    Ad
    Ad
    Ad

     

    प्लेयर अफ द म्याच घोषित भएका भुवन कार्कीले ८ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए । त्यस क्रममा कार्कीले इनिंग्सको पन्ध्रौँ ओभरमा ३ विकेट तथा सत्रौं ओभरमा ४ विकेट लिएका थिए। कार्कीले तिन पटक लगातार २/२ विकेट लिएता पनि ह्याट्रिक विकेट भने पूरा गर्न सकेनन्। कार्कीले तीन ब्याटरलाई बोल्ड तथा पाँच ब्याटरलाई क्याच आउट पारे। टीमका अर्का स्पिनर सुनिल धमलाले २ विकेट लिए। खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिए। धमलाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे। कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमर सिंह रौटेलाले अविजित १२ रन योगदान दिए। धमलाले दोस्रो विकेटको लागि भुवन कार्कीसंग ८४ रनको तथा तेस्रो विकेटको लागि प्रनित थापासंग ५४ रनको साझेदारी गरे। खप्तड इन्डोर स्पोर्ट्सको बलिङमा रवि विष्ट र आर्यन विष्टले २/२ विकेट तथा बिरेन्द्र बमले १ विकेट लिए।

    लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

    ताजा सूचना

    • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.