आमा हाम्रो जीवनको अनमोल रत्न
-
कुन्दन कुमार साह
- today१७ पुष २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
वीरगञ्ज, १८ पुष । आमा हाम्रो जीवनको अनमोल रत्न हुनुहुन्छ ।
आमा हामीलाई जन्म दिई यो सुन्दर संसार देखाउने धर्ती जस्तै सहनशील र प्रकति जस्तै उदाय एक महान व्यक्ति हुन् ।
आमा हाम्रो सबैभन्दा महत्वपूर्ण व्यक्ति पनि हुन्। जसले हामीलाई नौ महिना कोखमा राखेर दुःख, कष्ट, पिडा सहेर जन्म दिनुहुन्छ र प्रेमपूर्वक लालन पालन गरी हुर्काउनुहुन्छ ।
आमाले हाम्रो सुख, दुःखमा सामेल भई हरपल हाम्रो खुसीको लागि आफना सारा इच्छा र चाहनाहरुको त्याग गर्नुहुन्छ ।
आमा मात्र एक यस्ता व्यक्ति हुनुहुन्छ जसले हाम्रो हरेक दुःख , पिडाको अनुभूति गर्न सक्नुहसन्छ ।
आमाको काख एउटा यस्टा स्थान हो जहां हामी खुसी भई आफूलाई सुरक्ष्ँित महसुस गर्न सक्छौं ।