वीरगञ्जमा विश्व हिन्दू परिषद् नेपालद्वारा श्री लक्ष्मी पूजाको अवसरमा दीपदान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
-
बिराज यादव
- today२ कार्तिक २०८२
वीरगञ्ज, पर्सा — हिन्दू धर्मसंस्कृति र परम्पराको संरक्षणका निमित्त विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिद्वारा हरेक वर्ष झैं यस वर्ष पनि श्री लक्ष्मी पूजाको पावन अवसरमा विशेष “दीपदान कार्यक्रम” आयोजना गरिएको छ।
कार्यक्रम अन्तर्गत समाजका असमर्थ, विपन्न र सेवा–आवश्यक सनातनी परिवारहरूलाई दियो, तेल, बाती, माचिस र मिठाई वितरण गर्दै शुभकामना आदान–प्रदान गरिएको हो। कार्यक्रम मिति २०८२ साल कार्तिक २ गते (आइतबार) साँझ ५:०० बजे आदर्शनगर चौक, वीरगञ्ज मा सम्पन्न भयो। कार्यक्रममा परिषद् पदाधिकारी, स्थानीय समाजसेवी, युवा स्वयंसेवक र श्रद्धालुजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ता हरूले हिन्दू संस्कृतिको प्रकाश सधैं जीवित राख्न “एक घर एक दियो, एक हृदय एक सेवा” भन्ने सन्देश दिएका थिए।
यस अवसरमा परिषद्का प्रतिनिधिहरूले भनें — > “दीपावलीको प्रकाश केवल घरमा होइन, हृदयमा पनि बालौँ — यही हो हाम्रो सनातन धर्मको वास्तविक संदेश।” कार्यक्रमले समाजमा धार्मिक एकता, करुणा र सेवा भाव फैलाउने विश्वास व्यक्त गरिएको छ। जय श्रीराम 🙏 जय माता लक्ष्मी