२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ब्रह्माकुमारीद्वारा नेपाल–भारतमा ‘विश्व बन्धुत्व बृहत् रक्तदान अभियान’, १ लाख पिन्ट संकलन लक्ष्य

    • संजय कुशवाहा संजय कुशवाहा
    • today४ भदौ २०८२

    बिरगञ्ज, ४ भदौ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले “रक्तदान जीवनदान महादान” भन्ने नारासहित नेपाल–भारतभर एकैसाथ ऐतिहासिक ग्लोबल मेगा रक्तदान अभियान सुरु गर्न लागेको छ। भदौ ६ देखि ९ गतेसम्म १०० घण्टाभित्र १ लाख पिन्ट रक्त संकलन गर्ने लक्ष्य राखिएको छ।

    Ad
    Ad
    Ad

    संयुक्त राष्ट्रसंघका सात पटक शान्तिदूत पुरस्कार प्राप्त र UNICEF तथा ECOSOC का सल्लाहकारका रूपमा मान्यता पाएको ब्रह्माकुमारी संस्था १३७ राष्ट्रमा आध्यात्मिक र सामाजिक सेवामा सक्रिय रहँदै आएको छ। नेपालमा मात्र करिब ३५ हजार युनिट रक्त संकलन गरिने लक्ष्य छ।

    Ad
    Ad
    Ad

    यसै अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, विश्वविद्यालय, कलेज तथा विभिन्न सामाजिक संस्थाको सहकार्यमा देशभर रक्तदान शिविर सञ्चालन हुनेछ। वीरगञ्जमा भदौ ७ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म छपकैया वडा नं. २ स्थित विश्वदर्शन भवन परिसरमा विशाल रक्तदान शिविर आयोजना हुनेछ। सो कार्यक्रममा ५ सय युनिट रक्त संकलन गर्ने योजना रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जले जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    क्षेत्रीय सञ्चालिका ब्रह्मचारिणी रबिना दिदीको विशेष उपस्थितिमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ प्रशिक्षक गुनराज भाईजी, गोबर्धन भाईजी, छोटेलाल भाईजी र प्रकाश थारुको सहभागिता रहेको थियो। ब्रह्माकुमारीले भदौ ६ मा सिमरा र वरियारपुर तथा भदौ ७ मा वीरगञ्ज, कलैया, कोल्हवी, चन्द्रपुर र गौरमा पनि रक्तदान शिविर सञ्चालन गर्ने जनाएको छ। संस्थाका अनुसार स्वेच्छिक रक्तदानले अस्पतालमा रगतको सहज आपूर्ति सुनिश्चित गर्नुका साथै युवामाझ सामाजिक उत्तरदायित्व र चेतना अभिवृद्धि गर्न मद्दत पुग्नेछ। यस अभियानलाई सफल बनाउन सबै सञ्चार माध्यमलाई सहयोगका लागि अपिल गरिएको छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.