१३ असार २०८३, शनिबार / 27 June 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ असार २०८२

     वीरगञ्ज, असार २१ – मुस्लिम समुदायको पवित्र पर्व मोहरमका अवसरमा आयोजित ताजिया जुलुस कार्यक्रमलाई लिएर वीरगञ्जमा सुरक्षा निकाय र स्थानीय प्रशासनबीच ठूलाे निर्णयात्मक द्वन्द्व देखिएको छ। जिल्ला प्रशासन कार्यालयले असार २२ गतेका लागि वीरगञ्जको मुख्य सहर क्षेत्रभित्र ताजिया जुलुस निकाल्ने कार्यक्रमलाई लिखित अनुमति प्रदान गरेको छ भने, सोही निर्णयलाई वीरगञ्ज महानगरपालिकाले आज असार २१ गते खारेज गर्ने निर्णय सार्वजनिक गरेको छ।

    Ad
    Ad
    Ad

    एकातर्फ जिल्ला सुरक्षा समिति बैठकबाट अनुमति दिइएको कार्यक्रमलाई अर्कोतर्फ महानगरको अर्को बैठकले अस्वीकृत गरिदिँदा मोहरमको तयारीमा जुटेका मुस्लिम समुदाय, सुरक्षाकर्मी र सर्वसाधारण एक गहिरो अन्योलमा परेका छन्।

    Ad
    Ad
    Ad

    "यदि बिभिन्न निकायबीच समन्वयको अभावले भोलि अप्रिय घटना भयो भने यसको जिम्मेवार को ?" यो प्रश्न अहिले सामाजिक सञ्जालदेखि राष्ट्रिय सुरक्षा वृत्तमा समेत गम्भीर रुपमा उठ्न थालेको छ। यति संवेदनशील धार्मिक अवसरमा स्थानीय तह र जिल्ला प्रशासनको फरक फरक निर्देशनले वीरगञ्ज असुरक्षा र अव्यवस्थाको मुखमा पुगेको देखिन्छ।

    Ad
    Ad
    Ad
    Ad

    प्रमुख जिल्ला अधिकारीको कार्यालयले लिखित निर्णयमा हस्ताक्षर गरी कार्यक्रम अनुमोदन गरे पनि, महानगर प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी अर्को पत्रले उक्त अनुमति खारेज गरेको छ। यसले मोहरमको दिन शान्ति भंग वा तनाव उत्पन्न हुने उच्च जोखिम सिर्जना गरेको छ। यो प्रशासनिक द्वन्द्वको चपेटामा परेका मुस्लिम समुदाय, आयोजकहरू र सर्वसाधारण भोलि कसरी संयमित रहने? यदि सुरक्षा व्यवस्थामा चुक भयो भने त्यसको जिम्मेवारी कुन निकायले लिने? अब एक मात्र प्रश्न छ: 

    "वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?" देशभर यस घटनाले प्रशासनिक समन्वयको चरम विफलता को संकेत दिइरहेको छ। ➡ अब गृह मन्त्रालय र प्रदेश सरकारको तत्काल हस्तक्षेप आवश्यक छ – अन्यथा यो द्वैध निर्णय वीरगञ्जमा शान्ति भंगको सूत्रपात बन्न सक्छ।

    ताजा सूचना

    • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा आक्रोश: दुई धार्मिक सङ्गठनद्वारा प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.