१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • धार्मिक शोभायात्रामाथि आक्रमणपछि प्रतिरोधमा उत्रिएका हिन्दू युवाहरूको गिरफ्तारीप्रति राष्ट्रिय एकता अभियानको विरोध

    • अमन गुप्ता अमन गुप्ता
    • today३ बैशाख २०८२

     काठमाडौं, वैशाख ३: राष्ट्रिय एकता अभियान, नेपालले वीरगंज छपकैया घटनालाई लिएर गहिरो आपत्ति जनाउँदै शान्तिपूर्ण प्रतिरोधमा उत्रिएका हिन्दू युवाहरूको गिरफ्तारी र सर्वसाधारणमाथिको प्रहरी बल प्रयोगको तीव्र भर्त्सना गरेको छ। पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२, छपकैया क्षेत्रमा वैशाख ३० गते हनुमान जन्मोत्सवको अवसरमा आयोजना गरिएको धार्मिक शोभायात्रामाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै अभियानले यसलाई "बहुल सांस्कृतिक, सहिष्णु र लोकतान्त्रिक समाजमाथिको संगठित आक्रमण"को रूपमा व्याख्या गरेको छ।

    Ad
    Ad
    Ad

    अभियानका अनुसार, घटनामा संलग्न वास्तविक दोषीहरूलाई कारबाही नगरेको राज्य संयन्त्रले उल्टै त्यसविरुद्ध आवाज उठाएका हिन्दू युवाहरूलाई वैशाख २ गते गिरफ्तार गरेको र उक्त गिरफ्तारीप्रति अभियान गम्भीर आपत्तिमा रहेको जनाएको छ। झन् दुर्भाग्यपूर्ण पक्ष भनेको ती युवाहरूको रिहाइको माग गर्दै शान्तिपूर्ण रूपमा जिल्ला प्रहरी कार्यालयमा उपस्थिति जनाएका सर्वसाधारण नागरिकहरूमाथि समेत प्रहरीले बल प्रयोग गरी लाठीचार्ज गरेको भन्दै अभियानले त्यसलाई संविधानको उल्लङ्घन भनेको छ।

    Ad
    Ad
    Ad

    अभियानले नेपाल सरकारसमक्ष पाँच बुँदे मागसमेत अघि सारेको छ: १. गिरफ्तार गरिएका सम्पूर्ण हिन्दू युवाहरूको अविलम्ब र बिना सर्त रिहाइ। २. शोभायात्रामाथि आक्रमण गर्नेहरूलाई राष्ट्रविरोधी गतिविधि, धार्मिक घृणा र सामाजिक सद्भाव खल्बल्याउने अभियोगमा कडा कारबाही। ३. प्रदर्शनकारीहरूमाथि बल प्रयोग गर्ने प्रहरी अधिकृतहरूविरुद्ध निष्पक्ष छानबिन र कानुनी कारबाही। ४. धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन रणनीति निर्माण। ५. धार्मिक सहिष्णुताको संरक्षण र अतिवाद तथा घृणाप्रेरित विचारधाराविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन।

    Ad
    Ad
    Ad
    Ad

    अध्यक्ष विनय यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “धार्मिक स्वतन्त्रता, सामाजिक समावेशिता र राज्य संयन्त्रको निष्पक्षता सुनिश्चित गर्न यस्ता घटनाहरूको समयमै सम्बोधन अनिवार्य छ। यदि नागरिकहरूको प्रतिरोधलाई दमन गरिँदै जाने हो भने राष्ट्रिय एकता र लोकतान्त्रिक अभ्यासमा गम्भीर संकट उत्पन्न हुनेछ।” अभियानले नागरिकहरूको विश्वास कायम राख्न उपर्युक्त मागहरूको शीघ्र सम्बोधन गर्न सरकारको तत्काल ध्यानाकर्षण गराएको छ।

    ताजा सूचना

    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.