१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरमा सरकारविरुद्ध आक्रोश: मुख्यमन्त्री सिंहको पुतला जलाउँदै अवैध अस्पतालमाथि प्रतिबन्ध र सरकारी अस्पताल सुधारको माग

    • रामाशंकर साह रामाशंकर साह
    • today७ फाल्गुन २०८१

     अवैध अस्पतालमाथि प्रतिबन्ध र सरकारी अस्पताल सुधारको माग जनकपुरधाम, प्रदेश २ मा स्वास्थ्य सेवाको दुरावस्थाप्रति आक्रोशित जनताले जनकपुरधाममा सशक्त प्रदर्शन गरेका छन्।

    Ad
    Ad
    Ad

    अवैध रूपमा सञ्चालित निजी अस्पतालहरूमा तत्काल प्रतिबन्ध लगाउन र सरकारी अस्पतालको स्तरोन्नति गर्न माग गर्दै राष्ट्रिय एकता अभियान, जनकपुरले प्रदर्शन गर्दै मुख्यमन्त्री सतीश सिंहको पुतला दहन गरेका छन्। अभियानका नेता मनीष पुर्वे, अक्षय यादव, दीपू झा, पंकज झा लगायतको नेतृत्वमा सयौं प्रदर्शनकारी अस्पताल अगाडि भेला भएर "अवैध अस्पताल बन्द गर", "सरकारी अस्पताल सुधार गर" जस्ता नाराहरू लगाउँदै सडक तताएका थिए।

    Ad
    Ad
    Ad

      उनीहरूले सरकारलाई चेतावनी दिंदै स्वास्थ्य क्षेत्रमा देखिएको लापरवाही तत्काल सुधार नगरे आन्दोलनलाई अझ सशक्त बनाइने बताए।

    Ad
    Ad
    Ad
    Ad

    सरकारी अस्पताल संकटमा, निजी अस्पतालको मनपरी

    प्रदर्शनकारीहरूको आरोप छ कि सरकारी अस्पतालहरूमा मूलभूत सेवा र दक्ष चिकित्सकको अभाव छ, जसका कारण बिरामीहरूलाई जबरजस्ती निजी अस्पताल पठाउने चलखेल भइरहेको छ।

    निजी अस्पतालहरूले बिरामीहरूसँग अत्यधिक शुल्क असुल्ने, अनावश्यक परीक्षण गराउने र महँगो उपचार प्रक्रिया लाद्ने जस्ता ठगीका क्रियाकलाप गरिरहेका छन्। स्वास्थ्य सेवामा सरकारको उदासीनता प्रमुख कारण भएको बताउँदै प्रदर्शनकारीहरूले प्रदेश सरकारलाई अस्पताल सुधारको ठोस योजना ल्याउन दबाब दिएका छन्। उनीहरूको माग छ कि स्वास्थ्य मन्त्रालयले प्रादेशिक अस्पतालको सेवा सुधारका लागि तत्काल ठोस कदम चालोस्।

    अवैध अस्पतालमा कारबाहीको माग, सरकारको चुप्पी अस्वीकार्य जनकपुरधाम र आसपासका क्षेत्रमा नियमविपरीत सञ्चालन भएका अवैध अस्पताल तथा क्लिनिकहरू तत्काल बन्द गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। उनीहरूको आरोप छ कि सरकारी निकायहरूको आडमा निजी अस्पतालहरू अनियमित ढंगले सञ्चालनमा छन्, जसलाई संरक्षण गर्ने खेल भइरहेको छ। "सरकारी अस्पताललाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्‍याउने योजनाबद्ध षड्यन्त्र भइरहेको छ। प्रदेश सरकार मौन बसेको छ, जुन अस्वीकार्य छ।" एक प्रदर्शनकारीले आक्रोश पोख्दै भने। यदि सरकार कानमा तेल हालेर बस्न खोज्छ भने, आन्दोलन अझ कडा बनाइने चेतावनी दिँदै प्रदर्शनकारीहरूले राज्यलाई स्वास्थ्य सेवा सुधारको जिम्मेवारी पूरा गर्न स्पष्ट सन्देश दिएका छन्। सरकारी अस्पतालहरूको स्तरोन्नति, आधुनिक उपकरणको उपलब्धता र दक्ष चिकित्सकहरूको दरबन्दी वृद्धि गर्नुपर्ने उनीहरूको प्रमुख माग हो।

    आन्दोलन अझै सशक्त बन्छ प्रदर्शनपछि अस्पताल प्रशासन तथा सरकारी प्रतिनिधिहरूसँग वार्ताको प्रयास गरिए पनि ठोस प्रतिबद्धता नआएपछि प्रदर्शनकारीहरूले संघर्ष जारी राख्ने घोषणा गरेका छन्। यदि माग पूरा नभए, निकट भविष्यमा प्रदेशव्यापी आन्दोलन सुरु गरिने चेतावनीसहित प्रदर्शनकारीहरू तितरबितर भएका छन्।

    ताजा सूचना

    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.