१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशलाई आर्थिक संकटबाट जोगाउन संघीय हिन्दू गणतन्त्र आवश्यक र धर्मनिरपेक्षताको आडमा जिहादी गतिविधि यथासिघ्र नियन्त्रण गर्नुपर्ने : बिनय यादव - राष्ट्रिय एकता अभियान

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today५ माघ २०८१

     पर्सा जिल्लाको जीरा भवानी गाउँपालिकामा संघीय हिन्दू गणतन्त्रको स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानले विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम समाजसेवी बिकाऊ प्रसाद भण्डारी (थारू)को अध्यक्षतामा सम्पन्न भएको थियो।

    Ad
    Ad
    Ad

    छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले संघीय हिन्दू गणतन्त्रको आवश्यकता र यसका फाइदाबारे आफ्नो धारणा व्यक्त गरे। उनले वर्तमान आर्थिक संकट समाधानका लागि धार्मिक पर्यटनको प्रवर्द्धनमा जोड दिँदै भने, “देशलाई विश्वभर रहेका २ अर्ब हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा विकास गर्न संघीय हिन्दू गणतन्त्रको घोषणा अपरिहार्य छ।

    Ad
    Ad
    Ad

         धर्मनिरपेक्षताको आडमा जिहादी गतिविधि बढ्दै गएको र सोझा साझा मुस्लिम समुदायलाई उक्साएर साम्प्रदायिक हिंसा मच्चाउने प्रयास भईरहेको छ, जसको नियन्त्रण राज्यले तत्काल गर्न आवश्यक छ।” यादवले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता कायम राख्दै राष्ट्रिय एकता अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

      कार्यक्रममा वक्ताहरू राजेश यादव, देव यादव, नरेश राउत थारू, जयनारायण दास थारू, शिव शंकर दास थारू लगायतले पनि आ–आफ्नो मन्तव्य राख्दै संघीय हिन्दू गणतन्त्रको माध्यमबाट सामाजिक एकता र राष्ट्रको विकास सम्भव हुने धारणा व्यक्त गरे।

      कार्यक्रमले स्थानीय बासिन्दालाई संघीय गणतन्त्रको महत्वबारे सचेतना फैलाउँदै अभियानलाई थप प्रभावकारी बनाउन रणनीतिहरूमा छलफल गरेको थियो। समापनमा कार्यक्रम अध्यक्ष बिकाऊ प्रसाद भण्डारीले सबै सहभागीलाई धन्यवाद व्यक्त गर्दै अभियानका लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गरिने प्रतिबद्धता जनाए।

      राष्ट्रिय एकता अभियानले देशको आर्थिक, सांस्कृतिक र धार्मिक उन्नतिमा संघीय हिन्दू गणतन्त्र स्थापना नै मूल उपाय रहेको ठहर गरेको छ।

    ताजा सूचना

    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.