१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशलाई आर्थिक संकटबाट जोगाउन संघीय हिन्दू गणतन्त्र आवश्यक र धर्मनिरपेक्षताको आडमा जिहादी गतिविधि यथासिघ्र नियन्त्रण गर्नुपर्ने : बिनय यादव - राष्ट्रिय एकता अभियान

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today५ माघ २०८१

     पर्सा जिल्लाको जीरा भवानी गाउँपालिकामा संघीय हिन्दू गणतन्त्रको स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानले विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम समाजसेवी बिकाऊ प्रसाद भण्डारी (थारू)को अध्यक्षतामा सम्पन्न भएको थियो।

    Ad
    Ad
    Ad

    छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले संघीय हिन्दू गणतन्त्रको आवश्यकता र यसका फाइदाबारे आफ्नो धारणा व्यक्त गरे। उनले वर्तमान आर्थिक संकट समाधानका लागि धार्मिक पर्यटनको प्रवर्द्धनमा जोड दिँदै भने, “देशलाई विश्वभर रहेका २ अर्ब हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा विकास गर्न संघीय हिन्दू गणतन्त्रको घोषणा अपरिहार्य छ।

    Ad
    Ad
    Ad

         धर्मनिरपेक्षताको आडमा जिहादी गतिविधि बढ्दै गएको र सोझा साझा मुस्लिम समुदायलाई उक्साएर साम्प्रदायिक हिंसा मच्चाउने प्रयास भईरहेको छ, जसको नियन्त्रण राज्यले तत्काल गर्न आवश्यक छ।” यादवले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता कायम राख्दै राष्ट्रिय एकता अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

      कार्यक्रममा वक्ताहरू राजेश यादव, देव यादव, नरेश राउत थारू, जयनारायण दास थारू, शिव शंकर दास थारू लगायतले पनि आ–आफ्नो मन्तव्य राख्दै संघीय हिन्दू गणतन्त्रको माध्यमबाट सामाजिक एकता र राष्ट्रको विकास सम्भव हुने धारणा व्यक्त गरे।

      कार्यक्रमले स्थानीय बासिन्दालाई संघीय गणतन्त्रको महत्वबारे सचेतना फैलाउँदै अभियानलाई थप प्रभावकारी बनाउन रणनीतिहरूमा छलफल गरेको थियो। समापनमा कार्यक्रम अध्यक्ष बिकाऊ प्रसाद भण्डारीले सबै सहभागीलाई धन्यवाद व्यक्त गर्दै अभियानका लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गरिने प्रतिबद्धता जनाए।

      राष्ट्रिय एकता अभियानले देशको आर्थिक, सांस्कृतिक र धार्मिक उन्नतिमा संघीय हिन्दू गणतन्त्र स्थापना नै मूल उपाय रहेको ठहर गरेको छ।

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.