२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा विश्व हिन्दू परिषद्को वडा समिति गठन, हिन्दू समाजलाई एकताबद्ध गर्ने अभियान शुरू।

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१५ पुष २०८१

     वीरगञ्ज - विश्व हिन्दू परिषद् नेपालले वीरगञ्ज महानगरपालिका वडा नं. १५, भिष्वामा नयाँ वडा समिति गठन गरेको छ। हिन्दू समाजको सुदृढ एकता र धार्मिक जागरणलाई अघि बढाउने लक्ष्यका साथ गठन गरिएको यस समितिले हिन्दू धर्मको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad

           समिति गठन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालको राष्ट्रिय महासचिव नितेन्द्र कुमार सिंह, वीरगञ्ज महानगरपालिकाका प्रमुख ज्योति रूङटा, परिषद्का उपाध्यक्ष अमित टिब्रेवाल, प्रमुख चन्दन वणवाल, र सचिव दीपेन्द्र सराफको विशेष उपस्थिति थियो।

    Ad
    Ad
    Ad

        समितिलाई "धर्मो रक्षति रक्षतः" भन्ने मूल मन्त्रका आधारमा हिन्दू समाजलाई एकताबद्ध गर्ने जिम्मेवारी दिइएको छ। परिषद्का उपाध्यक्ष अमित टिब्रेवालले हिन्दू समुदायमाथि भइरहेको अन्याय र अत्याचारलाई अब सहन नसकिने चेतावनी दिएका छन्। उनले भने, "विश्वभरका हिन्दू एक परिवार हुन्। कसैले पनि हिन्दूमाथि गरेको दुर्व्यवहारलाई कडा जवाफ दिइनेछ।"

    Ad
    Ad
    Ad
    Ad

         यस समितिले हिन्दू धर्म, संस्कृति, र परम्पराको संरक्षण गर्दै समुदायमा नयाँ उमंग र उत्साह थप्ने विश्वास गरिएको छ। समाजमा छरिएर रहेका हिन्दूहरूलाई एकताबद्ध गर्ने यो पहलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हिन्दू एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

              नवगठित समितिका सदस्यहरूले हिन्दू समाजको उत्थान र धार्मिक चेतनाको विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस कदमलाई वीरगञ्जको मात्र नभई सम्पूर्ण देशको लागि प्रेरणादायी मानिएको छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.