२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गढीमाई मेलालाई लक्षित गर्दै विभिन्न पालिकाहरूद्वारा सार्वजनिक बिदा घोषणा

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१७ मंसिर २०८१

    वीरगञ्ज । बाराको गढीमाई मेला प्रारम्भ भएसँगै विभिन्न पालिकाहरूले मेलालाई लक्षित गर्दै बिदा दिने निर्णय गरेका छन् । कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका लगायतका स्थानीय तहले छुट्टाछुट्टै मिति तोकेर बिदा दिने घोषणा गरेका हुन् ।

    Ad
    Ad
    Ad

    कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु प्रसाद साहका अनुसार उपमहानगरपालिकाले बलिदानका दिन मङ्सिर २३ र २४ गते आइतबार र सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    Ad
    Ad
    Ad

    यसै गरी, गढीमाई मेला स्थल अवस्थित महागढीमाई नगरपालिकाले मङ्सिर १६ गते सूचना जारी गर्दै मङ्सिर २१ देखि २६ गतेसम्म ६ दिन सार्वजनिक बिदा दिने जनाएको छ । यस अवधिमा नगरपालिकाका वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था, वित्तीय संस्था र सङ्घसंस्थाहरू पूर्ण रूपमा बन्द रहनेछन् भने अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।

    Ad
    Ad
    Ad
    Ad

    मेला भर्न भक्तजनहरूको चहलपहल

    यस पटकको गढीमाई मेला मङ्सिर १ गतेदेखि सुरु भइसकेको छ भने मुख्य पूजा मङ्सिर १७ गते सोमवारदेखि सुरु हुनेछ । मुख्य पूजाको सुरुआतसँगै मन्दिरमा भक्तजनहरूको भीड बढ्न थालेको छ । पर्सा, बारा र रौतहट लगायत छिमेकी भारतबाट आएका भक्तजनहरू मेला भर्न मन्दिरमा पुग्न थालेका छन् ।

    यस पटक मेला स्थलसम्म पुग्ने सडकहरू पक्की भएकाले भक्तजनहरूले आफ्नै सवारी साधन प्रयोग गरी सहज यात्रा गरेका छन्, जसका कारण मन्दिरमा पहिले जस्तो ठूलो भीड कम देखिएको छ । मेलामा विभिन्न मनोरञ्जनका साधनहरू, खाजा पसलहरू, होटेल तथा अन्य पसलहरू सञ्चालनमा आएका छन्, जसले मेलामा थप रौनक थपेको छ ।

    गढीमाई मेलाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका कारण यसमा लाखौँ भक्तजनहरू सहभागी हुने अनुमान गरिएको छ । मेलाको व्यवस्थापनमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वयंसेवकहरू सक्रिय रूपमा सहभागी भएका छन् ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.