१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव सुरु

    • अशोक यादब अशोक यादब
    • today१६ मंसिर २०८१

    वीरगंज । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव धूमधामका साथ सुरु भएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई मिथिलावासीले विशेष उत्साहका साथ मनाउन सुरु गरेका छन्।

    Ad
    Ad

    महन्थ रामरोशन दास वैष्णले जानकारी दिए अनुसार, विवाह पञ्चमी महोत्सवलाई अझ रौनक बनाउन पाँच वर्षको अन्तरालमा अयोध्याबाट विशेष जन्ती आउने व्यवस्था गरिएको छ। उनले भने, “भगवान राम र माता सीताको पौराणिक विवाहलाई जीवन्त बनाउने उद्देश्यले महोत्सवलाई व्यवस्थित बनाउने जिम्मेवारी सम्पूर्ण मिथिलावासीको हो।”

    Ad
    Ad

    अयोध्याबाट आउने पाँच सय जन्तीका लागि विशेष आवास व्यवस्थापन गरिएको छ। जन्तीलाई कलवार कुट्टी, सुडी कुट्टी, रौनियार सेवा समितिका स्थानहरूमा राखिनेछ भने भोजनको व्यवस्था जानकी मन्दिरले गर्नेछ।

    Ad

    जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीको महोत्सवलाई सफल बनाउन विभिन्न व्यवस्थापन कार्य गरिरहेको छ। नगर प्रमुख मनोजकुमार साहका अनुसार, धनुष यज्ञका लागि रंगभूमि मैदानमा पाँच सय दर्शनार्थीका लागि मञ्च तयार गरिएको छ र पाँच हजार जनासम्म अट्ने विश्रामस्थल निर्माण भइरहेको छ।

    महोत्सवको व्यवस्थापनका लागि उपमहानगरपालिकाले एक सय एनसीसी क्याडर र पाँच सय स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। साथै, मुख्य सडक, गल्ली र मठमन्दिर क्षेत्रलाई व्यवस्थित गर्न सफाइ अभियान चलाइनेछ।

    महोत्सवका प्रमुख कार्यक्रमहरूमा मंसिर १६ गते नगर दर्शन, मंसिर 17 गते पुष्प वाटिका फुलवारी लीला, मंसिर 18 गते धनुष यज्ञ र जन्ती आगमन, मंसिर 19 गते तिलकोत्सव, मंसिर 20 गते मटकोर महोत्सव, मंसिर 21 गते विवाह महोत्सव र मंसिर 22 गते रामकलेवा उत्सव रहेको छ।

    लाखौं तीर्थयात्री र पर्यटकको आगमनले जनकपुरधाममा चहलपहल बढाएको छ। महोत्सवको समापन मंसिर २२ गते रामकलेवा उत्सवसँगै हुनेछ।

    विवाह पञ्चमी महोत्सवले जनकपुरधामलाई धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिले विशेष महत्त्व दिएको छ। यस अवसरमा नेपाल, भारत र अन्य विभिन्न देशका लाखौं तीर्थयात्री र पर्यटकहरू जनकपुरधामको भ्रमणमा आउने अपेक्षा गरिएको छ।

    महोत्सवको दौरान, जानकी मन्दिरमा विशेष पूजाआजा, आरती र धार्मिक कार्यक्रमहरू आयोजना हुनेछन्। यसले क्षेत्रीय पर्यटनमा ठूलो योगदान पुर्याउनेछ र स्थानीय व्यवसाय र अर्थतन्त्रलाई पनि फाइदा पुर्याउने छ।

    सम्पूर्ण महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन र सुरक्षा निकायहरूले विशेष ध्यान दिनुका साथै हर एक क्षेत्रको तयारी र व्यवस्थापनमा सक्रिय सहभागिता जनाएको छ। जनकपुरधामको विवाह पञ्चमी महोत्सव केवल धार्मिक आस्थाको प्रतीक मात्र नभई सांस्कृतिक एकता र साझा धरोहरको रुपमा पनि महत्वपूर्ण रहेको छ।

    महोत्सवको समापनपछि अयोध्याबाट आएका अतिथिहरूलाई २३ गते स–सम्मान बिदाइ गरिने छ। यस महोत्सवले मिथिलावासीलाइ आफ्नो सांस्कृतिक र धार्मिक पहिचानको गौरव बढाउन महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.