१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल–भारत सांस्कृतिक सम्बन्ध सुदृढ गर्न काठमाडौंमा भव्य कार्यक्रम सम्पन्न।

    • राजु कुशवाहा राजु कुशवाहा
    • today८ मंसिर २०८१

     काठमाडौं। राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयद्वारा आयोजित हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

     

    कार्यक्रमका प्रमुख वक्ता भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व विदेश विभाग प्रमुख विजय जॉलीले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई थप सुदृढ गर्न दुई देशका जनस्तर र नेतृत्व तहमा सहकार्यको खाँचो औंल्याउनुभयो। हिन्दू सभ्यताको महत्त्वपूर्ण केन्द्र नेपाल नेता जॉलीले नेपाललाई हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्रको रूपमा सम्बोधन गर्दै दुई देशबीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको चर्चा गर्नुभयो।

    Ad
    Ad
    Ad

     

    उहाँले भाजपाले नेपालसँगको सांस्कृतिक सहकार्यलाई अझै मजबुत बनाउँदै हिन्दू सभ्यताको संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूपेन्द्र चौधरीको प्रवेशले कार्यक्रममा रौनक कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गर्नुभएको थियो। विशेष आकर्षणका रूपमा संविधान सभा सदस्य भूपेन्द्र चौधरी अभियानमा प्रवेश गर्नुभएको थियो।

    Ad
    Ad
    Ad
    Ad

     

    चौधरीलाई विजय जॉली र अभियानका अध्यक्ष यादवले खादा ओढाएर स्वागत गर्नुभएको थियो। चौधरीले अभियानमा आबद्ध भएसँगै हिन्दू सभ्यता र राष्ट्रिय एकताको सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने उद्घोष गर्नुभयो। विशिष्ट व्यक्तित्वहरूको उपस्थिति कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, पूर्व राजपा उपाध्यक्ष सत्यनारायण मण्डल, राष्ट्रिय मुक्ति पार्टीका नेता सिऐन थारू, समाजसेवी विजय राउतलगायतका विशिष्ट व्यक्तित्वहरूले मन्तव्य राख्नुभयो। यस्तै, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, युवा विभाग प्रमुख दिवस पटेल, महिला विभाग प्रमुख रीता साह, बागमती प्रदेश इञ्चार्ज शिशिर रञ्जितकार, उपत्यका इञ्चार्ज महेश्वरमान वैद्य, र काठमाडौं जिल्ला संयोजकम राजकुमार लामीछानेको विशेष उपस्थिति थियो। संघीय हिन्दू गणराज्य घोषणा गर्ने लक्ष्य कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले नेपाललाई संघीय हिन्दू गणराज्य घोषणा गर्ने उद्देश्यसहित अभियानले निरन्तर क्रियाकलाप गरिरहेको बताउनुभयो। उहाँले भारतसँगको सांस्कृतिक सहकार्यले अभियानलाई थप ऊर्जा दिने विश्वास पनि व्यक्त गर्नुभयो।

    कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई सांस्कृतिक र भावनात्मक तहमा थप बलियो बनाउन साझा प्रयासको महत्त्वलाई पुनः पुष्टि गरेको छ।

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.