२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तुलसी विवाहसँगै हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदै

    • बिशाल यादब बिशाल यादब
    • today२७ कार्तिक २०८१

    वीरगञ्ज । आज हरिबोधिनी एकादशी पर्व मनाइँदै छ, जुन दिन भगवान् विष्णुको प्रतीक तुलसीको दामोदरसँग विवाह गरिन्छ । यो पर्व कार्तिक शुक्ल एकादशीका दिन विशेष पूजा र तुलसीको व्रत गरेर मनाइन्छ। धार्मिक परम्पराअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्न गएका विष्णु यस दिन जागृत हुने मान्यता छ, त्यसैले यो दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।

    Ad
    Ad
    Ad

    तुलसीलाई विष्णु प्रिया मानिने भएकाले घरघरमा विशेष पूजा गरी सजाइएकी तुलसीको मठमा दामोदरसँग विवाह गरिन्छ। विशेष गरी घरमा बनाइएको तुलसीको मठमा गोबर र रातो माटोले पोतेर फूल मालाले सजाइन्छ। मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर पूजा गरिन्छ, किनकि कार्तिक महिनाभर देवता तुलसीमै निवास गर्छन् भन्ने मान्यता छ।

    Ad
    Ad
    Ad

    तुलसीको वैज्ञानिक महत्त्व पनि छ। यसको पात र फूलको रसले रुघाखोकी, औलो, लामखुट्टेको टोकाइ, र अन्य रोगको उपचार गर्न सकिन्छ। तुलसीको मठ भएको ठाउँमा विषालु सर्प पनि नआउने र त्यस क्षेत्रको हावाले हानिकारक कीटाणु नष्ट गर्ने विश्वास छ। तुलसीबाट बनाइएको चिया रोग प्रतिरोधी क्षमता बढाउन मद्दतगार ठहरिएको छ, विशेष गरी कोरोना र डेङ्गु जस्ता रोगबाट बच्न यसको नियमित सेवन लाभदायक मानिन्छ।

    Ad
    Ad
    Ad
    Ad

    धार्मिक विश्वासअनुसार कार्तिक महिनामा तुलसीको माला लगाउँदा र तुलसीका पातहरू विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ। गरुड पुराणअनुसार कार्तिक महिनामा विष्णुलाई एउटा तुलसी पात अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुने उल्लेख छ।

    आजको दिन विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने चलन छ। राति ‘गोविन्द उठ्नुस्’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जागृत गरिन्छ। किसानहरूले आज तुलसीको मठमा उखु गाड्ने प्रचलन छ, र फलाहारमा सखरखण्ड, पिँडालु, वन तरुल खान्छन्। यो व्रतले अश्वमेध र राजसूय यज्ञ बराबरको फल दिने धार्मिक मान्यता छ।

    धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक महिनामा भक्तिपूर्वक स्नान, दान, जप, र होम गर्नाले पाप नष्ट भई पुण्य प्राप्ति हुने भनिन्छ। काठमाडौँ उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले आजैको दिन भक्तजनहरूले यी मन्दिरमा दर्शन गर्ने परम्परा छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.