२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महागुरु फाल्गुनन्दको ४०औं जन्मजयन्तीमा कोशी प्रदेशमा सार्वजनिक बिदा

    • बिशाल यादब बिशाल यादब
    • today२५ कार्तिक २०८१

    वीरगंज | किराँत धर्मावलम्बीका महागुरु र राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ। यस अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

    Ad
    Ad
    Ad

    वि. सं. १९४२ साल कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाज सुधार, धर्म, भाषा, संस्कार र सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। समाजसुधारको दिशामा उनले वि. सं. १९८८ वैशाख २४ गते ‘सत्य हाङ्गमा मुचुल्का’ नामक नीति जारी गरे, जसमा सामाजिक र सांस्कृतिक सुधारका विभिन्न पहलहरू समावेश छन्। यस नीतिअन्तर्गत छोरीको विवाहमा पैसा नलिनु, जीवहत्या नगर्नु, मद्यपान तथा मासुको सेवन नगर्नु, र मृत्यु संस्कारलाई तीन दिनमा सम्पन्न गर्नुजस्ता सुधारात्मक पक्षहरू रहेका छन्।

    Ad
    Ad
    Ad

    विशेषतः पूर्वी पहाडी जिल्लाहरू पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायत क्षेत्रमा आज फाल्गुनन्द जयन्तीलाई विशेष कार्यक्रम गर्दै श्रद्धा र सम्मानसाथ मनाइँदैछ। किराँत समाजमा उनको योगदानलाई सम्मान गर्दै हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ।

    Ad
    Ad
    Ad
    Ad

    फाल्गुनन्दको योगदानको कदर गर्दै उनलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो। समाज सुधारमा पुर्‍याएको योगदानका लागि फाल्गुनन्दलाई सबै समुदायमा अनुकरणीय व्यक्तित्वको रूपमा स्मरण गरिन्छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.