२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गहवामाई रथ यात्रा समितिद्वारा गृहमन्त्रालयमा ज्ञापनपत्र, हिन्दू धर्ममाथि आपत्तिजनक टिप्पणीको विरुद्ध कडा कारवाहीको माग।

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today५ कार्तिक २०८१

     वीरगंज, पर्सा - श्री गहवामाई रथ यात्रा समिति माइस्थान बीरगंजले हालै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री तथा गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै हिन्दू धर्म र संस्कृतिमाथि भइरहेका आपत्तिजनक टिप्पणीहरूप्रति कडा आपत्ति जनाएको छ।

    Ad
    Ad
    Ad

        समितिले हिन्दू धर्म र धार्मिक रथ यात्राहरूमाथि लक्षित गरेर गरिएका अपमानजनक अभिव्यक्तिहरूको विरुद्ध कडा कानुनी कारवाहीको माग गरेको छ। ज्ञापनपत्रमा, समितिका अध्यक्ष श्याम कुमार पोख्रेलको नेतृत्वमा गएको टोलीले नेपालको संविधानको भाग १, धारा ४ अनुसार सनातन धर्मको संरक्षणको प्रावधानलाई उल्लङ्घन गर्ने गतिविधिहरूप्रति आपत्ति जनाउँदै, हिन्दूहरूको धार्मिक स्वतन्त्रता र परम्परागत संस्कृतिलाई सम्मान गर्नुपर्ने माग गरेको छ।

    Ad
    Ad
    Ad

    समितिको ध्यानाकर्षण हालै नेपाल मुस्लिम संघको कार्यक्रममा, वीरगंज-२ छपकैया निवासी जफर अंसारीले हिन्दू धर्म र गहवामाई रथ यात्रा सम्बन्धी अपमानजनक टिप्पणी गरेपछि भएको हो। अंसारीले हिन्दू धार्मिक रैलीहरूलाई "आराजक" को संज्ञा दिँदै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए, जसले हिन्दू धर्मावलम्बीहरूमा रोष पैदा गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

       गहवामाई रथ यात्रा समितिले अंसारीविरुद्ध कानुनी कारवाहीको माग गर्दै, यस्ता गतिविधिले देशमा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ। यदि सरकारले त्वरित कारवाही नगरे आन्दोलनको चेतावनी दिइएको छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.