२० भदौ २०८२, शुक्रबार / 05 September 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल आर्य समाजको नयाँ भवन उद्घाटन तथा नगर परिक्रमा भव्य रूपमा सम्पन्न।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२ कार्तिक २०८१

     वीरगञ्ज, असोज २ - नेपाल आर्य समाजद्वारा वीरगञ्जमा निर्माण सम्पन्न भएको नयाँ भवनको उद्घाटनको अवसरमा असोज २ देखि असोज ४ गतेसम्म विशेष कार्यक्रमको आयोजना गरिने भएको छ। सो भवन उद्घाटन समारोहलाई प्रभावकारी बनाउन विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलापको आयोजना गरिएको छ।

    Ad
    Ad

       कार्यक्रमको पहिलो दिन असोज २ गते, शुक्रवार बिहान ६ बजे वैदिक यज्ञको आयोजना गरिएको छ, जसपछि बिहान ९:३० बजे झण्डोत्तोलन कार्यक्रम हुनेछ। सोही दिन दिउँसो १२ बजे नगर परिक्रमा कार्यक्रम आयोजना गरिने छ, जसमा वीरगञ्जको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थानहरुको भ्रमण गरिने छ।

    Ad
    Ad

          नगर परिक्रमा मार्गमा थाकुराम कलेज गेट, कैलाश होटल चौक, गीता मन्दिर, माईस्थान चौक, घण्टाघर आदि स्थानलाई समावेश गरिएको छ। तीन दिनसम्म चल्ने यो विशेष कार्यक्रमको दोस्रो दिन असोज ३ गते, शनिवार, बिहान वैदिक यज्ञ र साँझ ८ बजे विशेष भजन कार्यक्रमको आयोजना गरिनेछ। अन्तिम दिन असोज ४ गते, आइतबार, समापन समारोह सहित महायज्ञ सम्पन्न हुनेछ।

    Ad

         नेपाल आर्य समाजले यस कार्यक्रममा सबै श्रद्धालु र जनसमुदायलाई उपस्थित हुन अनुरोध गरेको छ। सो भवन आर्य समाजको धार्मिक तथा सामाजिक गतिविधिहरूलाई अझ सुदृढ बनाउने उद्देश्यले निर्माण गरिएको हो।

    कार्यक्रमलाई सफल बनाउन विश्व हिन्दू परिषद नेपाल वीरगञ्ज महानगर समिति, राष्ट्रिय बजरंग दल, विश्वकर्मा हार्डवेयर, वन इलेवन रेस्टुरेन्ट, सूर्या शु सेन्टर, चाओसती खाद्य उद्योग प्रा.लि. र सुकदेव आई.टी. सोल्युसनले विशेष सहयोग पुर्याएका थिए।

    कार्यक्रमको मुख्य व्यवस्थापन श्री विष्णु कुमार आर्यको अध्यक्षतामा सम्पन्न हुँदैछ, र यसले समाजमा धार्मिक एकता र सहकार्यको महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।

    ताजा सूचना

    • जनताको पैसामा रजाई, पत्रकारलाई होच्याउने विश्रामपुर गाउपालिकको प्रशासकीय अधिकृत !
    • भीठामोड सीमानाकालाई पर्यटकमैत्री बनाउने तयारी भइरहेको मन्त्री कुशवाहाले जानकारी दिए।
    • वीरगञ्ज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम
    • सुचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति काँग्रेस नेता उपाध्यायको आपत्ति
    • नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा द्वारा ६३औं स्थापना दिवस सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.