१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छालाको जुत्ता लगाएर बीरगञ्जको गहवामाई मन्दिरमा प्रवेश: धार्मिक नियम उल्लङ्घनमा उच्च अधिकारीहरूको असंवेदनशीलता

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२४ आश्विन २०८१

    बीरगञ्जको गहवा माई मन्दिर परिसरमा फुलपातीको अवसरमा छालाको जुत्ता लगाएर प्रवेश गरिएको तस्बिरले धार्मिक समुदायलाई आक्रोशित बनाएको छ। यस्तो संवेदनशील स्थानमा धार्मिक मान्यतालाई नजरअन्दाज गर्दै उच्च पदस्थ अधिकारीहरू मन्दिरमा छालाको जुत्ता लगाएर प्रवेश गरेको दृश्यले समस्त देशभरि आक्रोशको लहर फैलिएको छ।

    Ad
    Ad
    Ad

    हिन्दू धर्ममा मन्दिरभित्र जुत्ता, विशेषगरी छालाका जुत्ता, लगाएर प्रवेश गर्न निषेध गरिएको तथ्यलाई तोडेर धार्मिक आस्थामाथि आँच पुर्याइएको छ। बीरगञ्जका मेयर राजेशमान सिंह जस्तो जिम्मेवार व्यक्ति हुँदा हुँदै पनि यस्तो निन्दनीय कार्य रोक्न नसक्नुले उनको नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। धार्मिक र सांस्कृतिक स्थलमा यस प्रकारको क्रियाकलाप कत्तिको उचित हो भन्ने विषयमा व्यापक रूपमा आलोचना भइरहेको छ।

    Ad
    Ad
    Ad

    प्रहरी र सेनाको आफ्नो प्रोटोकल भए पनि, धर्म र संस्कृतिको मर्मलाई लत्याएर गरिएको यस्तो कार्यले ठूला पदधारीहरूको व्यवहारमाथि प्रश्न खडा गरेको छ। सामान्य जनताले धार्मिक नियम र संस्कारलाई पालना गरिरहँदा, उच्च ओहदामा रहेका व्यक्तिहरूले भने यस्तो नियम उल्लङ्घन गर्नुले उनीहरूलाई धर्म र संस्कृतिको कुनै पर्वाह नभएको जस्तो देखिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    मन्दिरमा पूजा गर्न आउने सर्वसाधारणले धर्मको सम्मान गरिरहेका बेला, यस्तो असंवेदनशीलता देखाउने व्यक्ति र उनीहरूको ‘भीआईपी’ ट्रिटमेन्टलाई जनताले तीव्र आलोचना गरिरहेका छन्। विशेषगरी साहिब दरबार जस्ता संस्थाहरूका संस्थापक भनिने व्यक्तिले मन्दिर परिसरभित्र जुत्ता लगाएर प्रवेश गर्न नहुने हिन्दू परम्परा कसरी बिर्सिनुभयो भन्ने प्रश्न अहिले चर्चा र विवादको विषय बनेको छ।

    बीरगञ्जवासी मात्र होइन, देशभरिका जनताले यो घटनालाई नयाँ धार्मिक, सांस्कृतिक अवहेलना र प्रशासनिक लापरबाहीको रूपमा हेरिरहेका छन्। यसले नयाँ वीरगञ्जको परिकल्पनालाई गलत तरिकाले अघि बढाएको जनगुनासो छ।

    "नयाँ मेयर, नयाँ रीतिरिवाज?" भन्दै व्यङ्ग्य गर्दैछन् जनताहरू। अब अर्को के-कस्तो चटक र तमाशा देख्न बाँकी छ भन्ने जिज्ञासा पनि साथमा थपिएको छ। अहिले देशव्यापी रूपमा जनताले यस घटनाको निन्दा गरिरहेका छन् र उच्च ओहदामा रहेका व्यक्तिहरूले यस्तो गतिविधिमा संलग्न हुनुले धर्म, संस्कृति र जनभावनाको अपमान गरेको आरोप लगाउँदै छन्।

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.