२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हिन्दू संस्कृतिमा श्रमिक प्रतिको सम्मान: विश्वकर्मा पूजा विषयक विशेष छलफल सम्पन्न

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१ आश्विन २०८१

     काठमाडौँ, १७ सेप्टेम्बर –

    Ad
    Ad
    Ad

    राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयमा विश्वकर्मा पूजाको अवसरमा श्रमिकहरूको सम्मान र हिन्दू संस्कृतिमा श्रमिकको महत्वबारे विशेष छलफल सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य हिन्दू परम्परामा श्रमिकहरूको योगदानको महत्त्वलाई उजागर गर्नु र विश्वकर्मा पूजालाई श्रमिक दिवसका रूपमा व्यापक बनाउन आवश्यक रहेको कुरा राख्नु थियो।

    Ad
    Ad
    Ad

             कार्यक्रमका प्रमुख वक्ता एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीले हिन्दू संस्कृतिमा श्रमिकहरूको गरिमामय स्थानबारे प्रष्ट पार्दै भन्नुभयो, “भगवान विश्वकर्मा श्रमिकको प्रतीक हुन्। उनीहरूलाई समर्पित पूजा श्रमिकहरूको सम्मान र योगदानप्रतिको कृतज्ञताको प्रतीक हो।

    Ad
    Ad
    Ad
    Ad

          पश्चिमी मान्यतामा आधारित मई दिवसभन्दा हाम्रो संस्कृतिमा आधारित श्रमिक दिवसलाई प्रबर्द्धन गर्न जरुरी छ।” सुवेदीले हिन्दू परम्परामा श्रमिकको पूजा गर्ने परम्परा गहिरो अर्थ राख्ने उल्लेख गर्दै, श्रम र सिर्जनशीलताप्रतिको सम्मान नै हिन्दू संस्कृतिको मूल विशेषता भएको विचार व्यक्त गर्नुभयो। कार्यक्रममा अभियानका वरिष्ठ नेता बिपी यादवले पनि आफ्नो मन्तव्य राख्दै विश्वकर्मा पूजालाई श्रमिकहरूको योगदानको कदर गर्ने अवसरका रूपमा लिनुपर्ने कुरामा जोड दिनुभयो।

          उहाँले श्रमिकको सम्मानबिना समाजको उन्नति सम्भव नरहेको बताउँदै यस प्रकारका कार्यक्रमले श्रमिकहरूको महत्वलाई पुनःस्थापित गर्न मद्दत पुर्याउने आशा व्यक्त गर्नुभयो। कार्यक्रमका अन्त्यमा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले अभियानले आगामी वर्षदेखि विश्वकर्मा पूजालाई श्रमिक दिवसका रूपमा व्यापक प्रचार-प्रसार गर्ने योजना बनाएको जानकारी दिनुभयो।

        उहाँले श्रमिकहरूको सम्मान र उनीहरूको योगदानको कदर गर्ने परम्परालाई अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको संचालन अभियानका युवा नेता दिवस पटेलले गर्नुभएको थियो।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.