२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्व हिन्दू महासंघद्वारा धर्म निरपेक्षता खारेज गर्न माग, काठमाण्डूमा विरोध र्‍याली

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२९ भदौ २०८१

    काठमाण्डौं, २८ भदौ — देशभर बढ्दो धर्मान्तरण, धार्मिक सांस्कृतिक अतिक्रमण, र राष्ट्रिय एकतालाई खण्डित गर्ने कार्यको विरोधमा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले आज काठमाण्डूमा एक विरोध र्‍याली आयोजना गर्‍यो। माईतीघर मण्डलाबाट सुरु भएको यो र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीको नेतृत्व महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले गर्नुभएको थियो।

    Ad
    Ad
    Ad

          "धर्म निरपेक्षता खारेज गर", "हिन्दू अधिराज्य कायम गर", र "धर्मान्तरण बन्द गर" जस्ता गगनभेदी नाराहरू लगाउँदै सहभागीहरूले नेपालमा हिन्दू अधिराज्य पुनःस्थापना गर्नुपर्ने माग गरेका थिए। साथै, सांस्कृतिक हस्तक्षेप र सनातनीहरूमाथिको दमन रोक्नुपर्ने माग पनि गरियो।

    Ad
    Ad
    Ad

             कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवल शमशेर राणा, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका उपसभापति अरुण कुमार पाण्डे, जानकी मन्दिरका उत्तराधिकारी राम रोशन दास, पूर्व गृह मन्त्री बुद्धिमान तामाङ, पूर्व मन्त्री पशुपति शमसेर जबरा, र प्रकाश चन्द्र लोहनीलगायतका नेताहरूले सम्बोधन गरे। 

    Ad
    Ad
    Ad
    Ad

               वक्ताहरूले वर्तमान संविधानलाई ८१ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी र ९४ प्रतिशत ॐकार परिवारले अपनत्व गर्न नसकेको तर्क गर्दै, संविधान संशोधन गर्दा नेपाललाई पुनः हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने माग राखे। उनीहरूले नेपालमा बढ्दो राजनीतिक अराजकता, धर्मान्तरण, र सांस्कृतिक अतिक्रमणका समस्याहरूप्रति चिन्ता व्यक्त गरे।

            विभिन्न हिन्दूवादी संघ-संगठनहरू जस्तै माता कल्याणी आश्रम, राप्रपा नेपाल, श्री गुरुनानक गुरुद्वारा, नेपाल जैन परिषद, र अन्य संघसंगठनका प्रतिनिधिहरूले यस र्‍यालीमा सहभागिता जनाएका थिए। वक्ताहरूले वसुधैव कुटुम्बकम्को उच्च आदर्श बोकेको वैदिक सनातन धर्मलाई क्षति पुर्‍याउने कार्यहरू रोक्न सरकारको ध्यानाकर्षण गराए।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.